Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रसंघले भन्यो ‘तालिवानले राष्ट्रसंघका कर्मचारीलाई दुव्र्यवहार गर्‍यो’

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १२ : ४१ मा प्रकाशित

राष्ट्रसंघले भन्यो ‘तालिवानले राष्ट्रसंघका कर्मचारीलाई दुव्र्यवहार गर्‍यो’

तालिवानले अफगानिस्तानस्थित राष्ट्रसंघका कर्मचारीमाथि बारम्बार दुव्र्यवहार गरेको राष्ट्रसंघले जनाएको छ ।  तालिवान शक्तिमा पुगेपछि आफ्ना कर्मचारीमाथि दुव्र्यवहार बढेको अफगानिस्तानका लागि राष्ट्रसंघका विशेष दूत डेबोराह लायन्सले गुनासो गरे ।

‘हाम्रा कर्मचारीमाथि अपमान र दुव्र्यबहारका घटनामा भइरहेको बृद्धिप्रति हामी चिन्तित छौं,’ सुरक्षा परिषदको वैठकलाई सम्बोधन गर्दै लायन्सले भने । 

यसअघि तालिवानले सत्ता कब्जा गर्नुअघि कर्मचारीलाई धम्की, गालीग्लौज र दुव्र्यबहार गरेको रोयर्टसले जनाएको थियो । ‘अफगान जनताका लागि आवश्यक काम राष्ट्रसंघले गर्न सक्दैन किनकी हाम्रा कर्मचारीमाथि तालिवान लडाकुले अनावश्यक त्रास र धम्की दिएका छन,’ लायन्सले भने । 

तालिवानले मानिसको अधिकारको सम्मान गर्ने पश्चिमा मुलुकलाई बताए पनि उनीहरुले बारम्बार दुव्र्यबहार गरेको विवरण सार्वजनिक हुने गरेका छन् । राष्ट्रसंघका कर्मचारीमाथिको दुव्र्यबहारबाट आफू आक्रोेशित भएको अमेरिकी कूटनीतिज्ञ जेफ्री डीलाउरेन्टिसले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको