Like us!
Follow us!
Connect us!
Watch us!

सदनमा प्रधानमन्त्रीलाई छेक्ने रणनीतिमा एमाले

अर्थ संसार

आइतबार, २७ भदौ २०७८, ०८ : ०६ मा प्रकाशित

सदनमा प्रधानमन्त्रीलाई छेक्ने रणनीतिमा एमाले

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठक आज अपराह्न १२ बजे बस्दैछ । संसद बैठकको एक घन्टा अर्थात १२ बजे दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । दुबै सदनको बैठक अपराह्न १ बजे बस्दैछ ।

प्रतिपक्षीको विरोधका बीच सरकारले संसदमा पेलेरै जाने रणनीति अंगिकार गरेपछि सो विषयमा धारणा बनाउन संसदीय दलको बैठक बस्न लागेको हो ।

‘एमालेले कारबाही गरेका सांसदका विषयमा सभामुखले समयमै निर्णय नदिएको विषयमा हामीले संसदमा विरोध जनाउदै आएका छाैँ । विरोधका बीच प्रतिस्थापन बजेट ल्याइएको छ,’ भट्टराईले न्युज कारखानासँग भने, ‘प्रक्रिया नै नपुर्‍याएर प्रतिस्थापन बजेट कसरी आयो ?’

आजको सदनमा एक दर्जन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसद जाँदैछन् । देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतीका लागि प्रस्ताव पेस गर्ने र रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ। 

एमाले भने प्रधानमन्त्रीलाई राेस्टममै जान नदिने रणनीतिमा छ । गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा पनि प्रतिपक्षीलाई छलेर राेस्टम पुगेका थिए । जसलाई एमालेले 'गुरिल्ला शैली'भन्दै आएकाे छ ।

‘आजको सदन पनि अवरोध गर्छाै, राेस्टममा जान दिँदैनाैँ,’ भट्टराईले भने, ‘उहाँहरू पेलेरै जाने मनस्थितिमा हुनुभयो । उग्र हुनुभयो हामी प्रतिवाद गर्छाैँ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको