Like us!
Follow us!
Connect us!
Watch us!

संसदको गतिरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, ०७ : १८ मा प्रकाशित

संसदको गतिरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

संसदमा जारी गतिरोत अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज साेमबार दिउँसो बस्दैछ ।

प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो ।

सभामुख सापकोटाले त्यसअघि नै विवाद समाधान गर्न चाहेका हुन् ।सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक सोमबार दिउँसो साढे २ बजे ल्होत्से हलमा बस्नेछ ।

संसदको नवौँ अधिवेशन २३ भदौबाट सुरु भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको