Like us!
Follow us!
Connect us!
Watch us!

इटहरीका मेयरविरुद्धको आन्दोलन उग्र बन्दै, चोकचोकमा मेयरको फोटोसहितका ब्यानर

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, ०८ : ०५ मा प्रकाशित

इटहरीका मेयरविरुद्धको आन्दोलन उग्र बन्दै, चोकचोकमा मेयरको फोटोसहितका ब्यानर

इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीविरुद्ध महिलाहरूले आज पनि आन्दोलन चर्काएका छन् । उनीहरूले मेयर चौधरीले सार्वजनिक स्थानमा माफी नमागेसम्म आन्दोलन नरोकिने बताएका हुन् ।

उनीहरूले कार्यालय समयसम्म नगरको गेटमा बसेर मेयर चौधरीविरुद्ध चर्को विरोध गरे । शान्ति सुरक्षा कायम गर्न, महिला हिंसा बन्द गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

विरोधसभामा बोल्दै महिला अधिकारकर्मी योशा गुरागाईंले शुक्रबार ११ बजेदेखि इटहरीका मुख्य चोकमा मेयर चौधरीको फोटोसहितको ब्यानर टाँगिने बताइन् । गुरागाईंले भनिन्, 'उहाँलाई पपुलर हुनु छ, चर्चामा आउनु छ, अब हामी इटहरी चोक, संगीत चोक, बीपी चोकलगायत स्थानमा फोटोसहित ब्यानर राख्छौँ ।'

'आमाको कोखबाट जन्मिएर आमालाई अपमान हुने शब्द बोल्दा पनि सहेर बस्ने ?' भन्दै आन्दोलनलाई थप सशक्त बनाउने उनले बताइन् ।

गत बुधबार दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र शर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा मेयर चौधरीले महिलाहरूकै अपमान हुने गरी जथाभावी अपशब्द बोलेर दुर्व्यवहार गरेको बताइएको छ । सो क्रममा मेयर चौधरीले नगर प्रहरीसमेत लगाएर दुर्व्यवहार गरी धम्क्याएको भन्दै दर्जनभन्दा बढी महिला अधिकारवादी संस्थाहरूले विरोध जनाएका थिए ।

स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरूलाई दुर्व्यवहार भएको भन्दै विभिन्न संघसंस्थाहरुले विरोध जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको