Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरले अन्य प्रयोजनमा पनि १ः१ अनुपातमा हकप्रद जारी गर्न पाउने,यस्तो छ नयाँ निर्देशिका

अर्थ संसार

आइतबार, १० असोज २०७८, १८ : १३ मा प्रकाशित

हाइड्रोपावरले अन्य प्रयोजनमा पनि १ः१ अनुपातमा हकप्रद जारी गर्न पाउने,यस्तो छ नयाँ निर्देशिका

जलबिद्युत कम्पनीहरुको नियमनकारी निकाय बिद्युत नियमन आयोगले विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८, जारी गरेको छ । नयाँ जारी निर्देशिका अनुसार अब जलबिद्युत कम्पनीहरुले आयोजना निर्माण बाहेको अन्य प्रयोजनका लागि पनि हकप्रद जारी गर्न पाउने भएकाछन् । 

लामो समय देखि जलबिद्युत कम्पननीहरुलाई बैंकको कर्जा तिर्ने प्रयोजनका लागि हकप्रद निष्काशनको अनुमति दिने बिषयमा बहस भइरहेको थिया । उक्त कुरालाई नै सम्बोधन गर्न आयोगले अन्य प्रयोजनका नाममा सम्बोधन गरेको जानकारहरु बताउछन् । अब जलबिद्युत कम्पनीहरुले बैंकको कर्जा तिर्ने प्रयोजनका लागि चुक्ता पुँजी बराबर नै हकप्रद जारी गर्न पाउने व्यबस्था भएको उनिहरुको दावी छ । अन्य प्रयोजन भित्र कर्जा तिर्नको प्रयोजन पनि समावेस हुने उनको दावी छ । 

प्रस्तावित निर्देशिकामा आयोगले जलबिद्युत कम्पनीहरुले आईपिओ र हकप्रद निष्काशन सम्बन्धी नयाँ व्यबस्था गरेको छ । अब जलबिद्युत कम्पनीहरुले आयोजना निर्माणको लागि हकप्रद शेयरको सार्वजनिक निष्कासन सम्बन्धीको (१) मा अनुमतिपत्र प्राप्त कम्पनीले आफु मुख्य कम्पनीको हैसियतमा एकाउन्न प्रतिशत वा सो भन्दा बढी शेयर रहने गरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणको लागि संस्थागत लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न सक्नेछ । भन्ने व्यबस्था गरिएको छ । 

त्यस्तै निर्देशिकाको परिच्छेद २ को दफा ७ मा जलबिद्युत कम्पनीहरुले अब आयोजना निर्माणको प्रयोजन बाहेक अन्य प्रयोजनको लागि शेयरको सार्वजनिक निष्कास गर्न पाउने छन् उक्त सम्बन्धमा  निर्देशिकाले यस्तो व्यवस्था गरेको छः

७. अन्य प्रयोजनको लागि शेयरको सार्वजनिक निष्कासनः 

(१) दफा ४, ५ र ६ मा तोकिएबमोजिम बाहेक अन्य प्रयोजनका लागि थप पूँजीको आवश्यकता पर्दा अनुमतिपत्र प्राप्त कम्पनीले शेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृतिको लागि अनुसूची १ बमोजिमको ढाँचामा निवेदन तथा अनुसूची ५, अनुसूची ७ (क), ७ (ख), ८ (क), ८ (ख) र ८ (ग) बमोजिमको विवरण तथा कागजात एक प्रति प्रमाणित र पाँच प्रति प्रतिलिपि संलग्न गरी अनुसूची ६ को सेवा शुल्क बुझाएको बैंक भौचरसहितको निवेदन आयोगसमक्ष पेस गर्नु पर्नेछ । 

(२) कम्पनीले यस दफा बमोजिम निवेदन पेस गर्दा प्रस्तावित शेयर निष्कासनको आवश्यकता र औचित्य पुष्टि हुने आधार आयोगसमक्ष पेस गर्नु पर्नेछ । 

(३) शेयरको सार्वजनिक निष्कासनको प्रकार तथा सो निष्कासनबाट प्राप्त हुने कुल रकमको उपयोगको सम्बन्धमा स्पष्ट वित्तीय एवम् तालिकावद्ध कार्ययोजना सञ्चालक समिति तथा साधारण सभाबाट पारित गरेको हुनु पर्नेछ । 

(४) उपदफा (१) बमोजिम निवेदन दिंदाको बखत कायम रहेको चुक्ता पूँजीको वढीमा १ः१ अनुपात भन्दा वढी नहुने गरी हकप्रद शेयरको निष्काशन गर्न सकिनेछ । 

(५) उपदफा (४ं) बमोजिम हकप्रद शेयरको निष्कासन गर्दा प्रथम चरणमा निश्चित समयतोकी संस्थापक शेयरधनीका लागि शेयर निष्कासन गर्नु पर्नेछ । 

निर्देशिका हेर्नुहाेस् :

615067e73406e.jpg 615067ef2e396.jpg 615067f43812f.jpg 615067f9f2b69.jpg 6150680099912.jpg 615068083206c.jpg 6150680e6bc0b.jpg 6150681483a78.jpg 6150681a48646.jpg 61506824b7645.jpg 6150682ac2797.jpg 6150683730dcf.jpg 6150683db1a1f.jpg 61506848610a3.jpg 6150685b7c0a6.jpg 615068643088a.jpg 61506875b2ac1.jpg 6150688a50893.jpg 6150689291d19.jpg 6150689caa87a.jpg 615068ad6f15e.jpg 615068b557447.jpg 615068bccfdf4.jpg 615068c645198.jpg 615068cf2f3c4.jpg 615068d83cb2b.jpg 615068e1634c1.jpg 615068e90aac4.jpg 615068f1c22c8.jpg 615068fc345d5.jpg 61506906353ac.jpg 615069114eed0.jpg 6150691b81f52.jpg 6150692672933.jpg 6150692f8200d.jpg 61506939e5261.jpg 615069421f7f5.jpg 61506948ecec1.jpg 6150695866136.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको