Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्विटी फण्ड र लार्ज क्याप फण्डले आइतबारबाट लाभांश खातामा पठाउने

अर्थ संसार

बुधबार, १३ असोज २०७८, ०८ : ०७ मा प्रकाशित

सानिमा इक्विटी फण्ड र लार्ज क्याप फण्डले आइतबारबाट लाभांश खातामा पठाउने

सानिमा म्युचुअल फण्डद्वारा सञ्चिालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले असोज १७ गते, आइतबारबाट आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्ने भएको छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि असोज गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।  त्यसैले भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र यो लाभांश प्राप्त गर्नेछन् । 

सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाईधनीहरुलाई करसहित ३३ प्रतिशतका दरले र सानिमा लार्ज क्याप फण्डले कर सहित ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए ।
 
फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । त्यस्तै, फण्डको इकाई धितो राखेका इकाईधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र लाभांश वितरण गरिनेछ ।

फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको