Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय ब्रेकफास्टको एउटा तस्विर जसले ततायो ट्विटरमा बहस

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १४ : ४९ मा प्रकाशित

भारतीय ब्रेकफास्टको एउटा तस्विर जसले ततायो ट्विटरमा बहस

भारतीय ब्रेकफास्टको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्विरले ट्विटरमा भारतमा खानासम्बन्धी रमाइलो बहस ब्यूँताएको  छ ।  

तस्विरमा इड्ली (उसिनेको चामलको गोलाकार केक) लाई आइसक्रिमको छेस्कोमा (बरफजस्तै) झुन्डाएर दाल र तरकारीको मिश्रण साम्बरमा चोबिएको देखिन्छ । 

दक्षिण भारतीय वेंग्लोर ब्रेकफास्टको ‘नयाँ सृजना’लाई केहीले मन पराएका छन् भने कोही त्यो देखेर आफूलाई डर लागेको प्रतिकृया दिएका छन् ।

दक्षिणी सहर वेंग्लोरको एउटा होटेलमा सो तस्विर खिचिएको बताइएको छ । 

भारतीय कम्पनीहरूको समूह महिन्द्रा एन्ड महिन्द्राले सो तस्विर ट्विट गर्दै खानेकुरा बनाउने ‘सृजना’ बारे सर्वसाधरणको राय मागेको छ ।  

‘भाारतको आविश्कारको राजधानी वेंग्लोरलाई अप्रत्यासित सृजना प्रदर्शन गर्नबाट कसैले रोक्न सकिदैन् । छेस्कोमा झुन्डाइएको इडलीलाई साम्बर र चट्नीमा डुबाइएको छ । यसको पक्ष–विपक्षमा को को हुनुहुन्छ ?’ अनौठो खानाको सो तस्विर पोस्ट गर्दै महिन्द्राको तर्फबाट लेखिएको छ । 
 
भर्चुअलसिड नामका एक प्रयोगकर्ताले नयाँ प्रयोगलाई  ‘पागलपनको पराकाष्ठ’ बताएका छन् । 

त्यस्तै, लेफटिनेन्ट होरासियो नामको अकाउन्टमा अर्का प्रयोगकर्ताले तस्विरमा उल्लेख गरिएको खानेकुरा खान सहज भएको टिप्पणी गरेका छन् । ‘न चम्चाको चाहिने न त हात नै प्रयोग गर्न पर्ने ।’ उनले लेखेका छन् । 

अर्का एक प्रयोगकर्ताले वेंग्लोरमा नयाँ खानेकुराको प्रयोग हुन थालेको बताएका छन् । उनी भन्छन्, ‘इडली कसरी आईसक्रिमसँग जोडिन पुग्यो ? अनौठो लाग्यो । वेंग्लोर र यहाँको खानेकुरा सधै पर्यावाचाी बनेका छन् ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको