Like us!
Follow us!
Connect us!
Watch us!

भारतले नाकाबन्दी लगाएपछि नेपालले चीनसँग हिमचिम बढायोः नेपालका लागि पूर्व भारतीय राजदूत रणजित राय

अर्थ संसार

आइतबार, १७ असोज २०७८, ०८ : ०१ मा प्रकाशित

भारतले नाकाबन्दी लगाएपछि नेपालले चीनसँग हिमचिम बढायोः नेपालका लागि पूर्व भारतीय राजदूत रणजित राय

नेपालले ६ वर्षअघि नयाँ संविधान जारी गरेपछि नेपाल र चीनबीचको हिमचिम निकै बढेको नेपालका लागि पूर्व भारतीय राजदूत रणजित रायले बताएका छन् । उनले हालै प्रकाशित गरेको पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया–नेपाल टाइ’ मा यस्तो बिचार राखेका हुन् । 

सन् २०७२ को असोजमा नेपालको सविधान सभाबाट नयाँ संविधान अनुमोदन भएपछि भारतले कडा नाकाबन्दी लगाएको थियो । नाकाबन्दीका कारण नेपालमा ग्याँस, पेट्रोललगायतका खाद्यन्नको  अभाव देखिएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पहुँच बढाएको पुस्तकमा उल्लेख छ । 

नेपालको संविधान जारी हुनभन्दा केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर काठमाडौं आएका तत्कालीन भारतीय विदेश सचिव एस जयशंकरले नेपाली नेतालाई दिएको सुझावबारे पनि पुस्तकमा उल्लेख गरिएको छ । जयशंकरले सन् २०१५ को सेप्टेम्बर १८ र १९ मा नेपालको नेपाल भ्रमण गरेका थिए । अहिले उनी भारतका विदेश मन्त्री हुन् । 

जयशंकरले नेपाली नेताहरूले भनेजस्तो यहाँको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको पूर्व राजदूत रायले उल्लेख गरेका छन् । संविधान जारी गर्ने बेलामा जयशंकरले नेपालमा असन्तुष्ट पक्षलाई सम्बोधन गरेर सविधान जारी गर्न दबाब दिएका थिए । संविधान जारी हुने बेलामा तराइ–मधेशमा आन्दोलन चर्किएको थियो । 

नेपाली राजनीतिक दलका शीर्ष नेताहरूले मोदीका विशेष दूतले दिएको सुझाव अस्वीकार गरेपछि भारतले नेपालमा नाकाबन्दी लगाएको थियो । 

पुस्तकमा संविधान जारी हुँदाको समयमा नयाँ दिल्लीले राखेका धारणा, नेपाललाई चीनको सहयोग, तत्कालिन राजा महेन्द्रको पालामा नेपाल–भारत सम्बन्धमा देखिएको दरार, सन् १९५० को नेपाल–भारत सन्धीलगायतका विषयमा चर्चा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको