Like us!
Follow us!
Connect us!
Watch us!

४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, १३ : ५८ मा प्रकाशित

४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने

आगामी ४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनमा जन्मदरमा आएको गिरावटसँगै जनसंख्या पनि आधा घट्ने अनुमान गरिएको हो । हालै सम्पन्न जनगणनामा त्यहाँको जन्मदरमा अनुमान गरेभन्दा गिरावट आएको छ । 

जनगणनाअनुसार चिनियाँको जन्मदर १ दशमलव ३ प्रतिशतभन्दा तल झरेको छ । यसको अर्थ जीवनकालमा हरेक महिलाले औषतमा केवल १ दशमलव ३ सन्तान जन्माउँछन् । चीनको जनसंख्या स्थिर राख्न महिलाले औषतमा २ सन्तान जन्माउनु पर्ने विज्ञहरु बताउँछन् । 

चीनको अहिलेको जनसंख्या १ अर्ब ४० करोड छ । तर, जन्मदरमा अहिलेजस्तै गिरावट आउने हो भने सन् २०५५ मा त्यहाँको जनसंख्या आधा घट्नेछ । 

दशकौंदेखि चीनले जनसंख्या नियन्त्रणमा कडाइ गर्दै आएको थियो । तर, जसंख्या घटेसँगै जन्मदरमा केही खुकुलो नीति ल्याएको छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको