Like us!
Follow us!
Connect us!
Watch us!

काेभिड : ‘रातो सूची’बाट नेपाललाई हटायाे बेलायतले

अर्थ संसार

शुक्रबार, २२ असोज २०७८, ०८ : ०३ मा प्रकाशित

काेभिड : ‘रातो सूची’बाट नेपाललाई हटायाे बेलायतले

बेलायतले नेपाललाई यात्रा प्रतिबन्धको रातो सूची अर्थात् रेड लिस्टबाट हटाएको छ । कोरोना भाइरसको महामारीका कारण बेलायतले नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो (बेलायत) यात्रामा कडा नियम लागू गरेकाे थियाे । 

नेपालमा कोरोना संक्रमण घटनुका साथै खोपको उपलब्धता बढ्न थालेपछि बेलायत सरकारले आगामीसोमबारबाट लागू हुने गरी रातो सूचीबाट हटाएको हो । 

अब बेलायत जाने विद्यार्थी तथा अन्य यात्रुले क्वारेन्टाइनका नाममा ठूलो धनराशी खर्चनु पर्दैन । नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल रातोसूचीबाट हटेको जानकारी सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्र रातो सूचीमा छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको