Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तकाे साधारण सभा २८ कात्तिकमा, बुकक्लाेज कहिले हुन्छ ?

अर्थ संसार

शुक्रबार, ०५ कार्तिक २०७८, १३ : २० मा प्रकाशित

सिभिल लघुवित्तकाे साधारण सभा २८ कात्तिकमा, बुकक्लाेज कहिले हुन्छ ?

सिभिल लघुवित्त वित्तीय संस्थाले २८ कात्तिकमा वार्षिक साधारण सभा बोलाएको छ । लाभांश प्रस्ताव पास गर्ने मुख्य एजेन्डासहित सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले १४ कात्तिकमा बुक क्लोज गर्नेछ । यसअनुसार १३ कात्तिकसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

सभामा १९ प्रतिशत बोनस सेयर र कर तिर्न एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस हुनेछ । कम्पनीको आर्थिक वर्ष ०७७/७८ को नाफा-नोक्सानसम्बन्धी छलफल, आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतको एजेन्डा छ । कम्पनीले सभामा चार करोड ६० लाख तीन हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको