Like us!
Follow us!
Connect us!
Watch us!

एनसेल वल्र्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, २० : ४१ मा प्रकाशित

एनसेल वल्र्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित

एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफलभएको छ । कार्तिक ९ (अक्टोबर २६) गते आयोजनाभएको टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्रममाझ अवार्डको विजयताको घोषणा भएको थियो । 

सन् १९९९ मा सुरु भएको वल्र्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकमबजारमा भएको नवीनविकास र उत्कृष्टताका आधारमा विभिन्नकम्पनीहरुलाई सम्मानितगर्दछ । यीदुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिकजिम्मेवारी अन्तर्गत समाजमा पुर्याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात विपदप्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भुकम्प जस्ता विभिन्नविपदतथा संकटको समयमा गरेका योगदानहरुको सरहनागर्दछ ।  

स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुखप्राथमिकतामा राख्दै विभिन्न सामाजिकपहलहरु मार्फत समाजको विकासमाउल्लेखनीय योगदान पुर्याउदै सरकारलाई दीयो लक्ष्यविकास प्राप्तिमा सहयोग पुर्याएबापतएनसेललाई ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ प्रदान गरिएको हो । त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भुकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई पुर्याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो । वल्र्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्ष देखि मात्र राखिएको हो र एनसेलले विश्वकाअन्यप्रतिस्पर्धीहरुलाई पछि पार्दै यो अवार्ड जित्न सफलभएको छ । 

“यस प्रतिष्ठित वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ अन्तर्गत दुई महत्वपूर्ण विधामा अवार्ड जित्न सफलभएकोमा हामीनिकै हर्षित छौं । यी सम्मानहरु हामीले समाजको विकास र दीगो विकास लक्ष्यप्राप्तिकालागि गरेका महत्वपूर्ण कार्यहरु मात्रनभएर हाम्रा सामाजिकपहलहरुको प्रभावकारी योगदान र विपदको समयमा सरकार र नेपालीजनसमुदायहरुलाई पुर्याएको सहयोग र योगदानको कदर हो । हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्नालागिबनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलकाकर्मचारीहरूलाई दिन्छु ।” वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ मादुई अवार्डहरु जित्न सफलभएकोमा खुसि  र आभार व्यक्तगर्दै एनसेलकाप्रमुखकार्यकारी अधिकृत एण्डी चोङले भने । 

‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ विधाको पुरस्कारका लागिअभरोआ केवल, इण्डोस्याट उरेडू, एनसेल आजियाटा नेपाल, ओरेन्जगु्रप, पीएलडीटी एण्ड स्मार्ट, र पोलिक्याब इण्डिया गरि पाँचकम्पनीहरु सुचिकृत भएकाथिए । त्यस्तै एयरटेल युगाण्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डको लागि सुचिकृत  भएकाथिए । 

यसैगरी एनसेलले हालैमात्र सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड’ को १२ औं संस्करणमा ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ जितेको थियो । इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, वल्र्ड एचआरडी कङ्ग्रेस र स्टार अफ द ईण्डष्ट्री गु्रपले एसियामा रहेका विभिन्नकम्पनीहरुलाई मार्केटिङ कम्युनिकेसन्सको माध्यमबाट प्रतिभाहरुलाई आकर्षित गर्न, विकास गर्न र त्यस्ताप्रतिभालाई आफैसँग राख्न सफलकम्पनीहरुलाई सम्मानगर्दछ । 

यसका साथै एनसेल र डायलग आजियाटाले अन्य पार्टनरहरुका साथहालैमात्र सस्टेनेबिलिटी लिडरसिपकालागि ‘टीएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ जित्न सफलभएको थियो । टीएम फोरम क्याटलिस्ट अवार्डले विभिन्नउत्कृष्ट सोलुसन्सहरुको विकास गर्ने विश्वका अग्रणी कम्पनीहरुलाई सम्मानगर्दछ । सस्टेनेबिलिटी लिडरसिपअन्तर्गतको यो सम्मानत्यस्ताप्रोजेक्टहरुलाई दिइन्छ जसले दीगो विकास लक्ष्यहरु प्राप्तिकालागि ठूलो सम्भावनाहरु बोकेको हुन्छ । 

गतअसोजमापनिएनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ को दुई विधामा पुरस्कार जित्न सफलभएको थियो । एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकमकम्पनी’अर्थात् सबैभन्दा बढी सामाजिक रूपमाउत्तरदायीकम्पनी र लिडरसिप (नेतृत्व) विधामाकम्पनीकाप्रमुखकार्यकारी अधिकृत एन्डी चोङ ‘टेलिकम सीईओ अफदिइयर’ अवार्डबाट सम्मानितभएकाथिए । लन्डनस्थित प्रकाशनगृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरुले स्थानीय, क्षेत्रीयतथाअन्तर्राष्ट्रिय स्तरमा पु¥याएको योगदानलाई सम्मानगर्दै यो अवार्ड दिइन्छ ।

617ababccafd5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको