Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड भएका मानिसमा खोपको ‘साइड इफेक्ट’ धेरै

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, ०८ : १४ मा प्रकाशित

कोभिड भएका मानिसमा खोपको ‘साइड इफेक्ट’ धेरै

महामारीको स्वरुप लिएको कोभिडबाट अझै पनि विश्वले पार पाइसकेको छैन् । कोभिडविरुद्ध विभिन्न खोप विकास भएका छन् । खोपले भाईरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने विज्ञहरुले बताउदै आएका छन् । 

 खोपको सम्भावित साइड इफेक्टको त्रासका कारण रसियाको आधा जनसंख्या अझै पनि खोप लगाएको छैन् । त्यस्तै अन्य विकसित देशका विज्ञहरुले पनि खोपबारे नकरात्मक प्रचार गरिरहेका छन् । यसै सन्र्दभमा वेलायमा खोपको असरबारे एउटा अध्ययन भएको छ । 

अध्ययनअनुसार खोपका कारण स्नायुमा दुर्लभ समस्या उत्पन्न हुनसक्ने र त्यस्तो जोखिम कोभिड भएका मानिसमा बढी हुन्छ । 

 राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले बेलायतका ३ करोड २० लाख वयस्कमा सो अध्ययन गरेको थियो ।

अनुसन्धानकर्ताले कोभिडको पहिलो खोप लगाएका र कोभिड पुष्टि भएका मनिसको एक महिनाको स्नायु प्रणालीको तुलनात्मक अध्ययन गरेका थिए ।

जसअनुसार कोभिड भएका व्यक्तिमा खोप लगाएका व्यक्तिमाभन्दा बढी गियांग बारे सिन्ड्रोम (जीबीएस) देखिएको थियो । यो सिन्ड्रोम हुने व्यक्तिको पैतला र हातगोडमा समस्या हुनुका साथै निर्बलता देखिन्छन् ।   अध्ययन जर्नल नेचर मेडिसिनमा प्रकाशित छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको