Like us!
Follow us!
Connect us!
Watch us!

सांसदलाई सचिवालयको सूचना : अधिवेशनसँगै सदन अन्त्य भएकाले बैठक छ भनेर नआउनुहोला

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, १३ : ५७ मा प्रकाशित

सांसदलाई सचिवालयको सूचना : अधिवेशनसँगै सदन अन्त्य भएकाले बैठक छ भनेर नआउनुहोला

संघीय संसद सचिवालयले संसद अधिवेशन अन्त्य भएसँगै तोकिएका बैठकहरु पनि रद्ध भएको जानकारी गराएको छ ।

अधिवेशनसँगै सदन पनि अन्त्य भएकाले बैठक रद्ध भएको जानकारी सांसदलाई गराउन संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार सूचना जारी गरेका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेकी थिइन् ।

अधिवेशन अन्त्य भएसँगै २९ कात्तिकमा तोकिएको प्रतिनिधिसभा बैठक र अर्को सूचनाबाट तोकिने भनिएको राष्ट्रिय सभाको बैठक पनि अन्त्य हुने भएको जानकारी सचिवालयले गराएको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको