Like us!
Follow us!
Connect us!
Watch us!

शेयरबजारमा आकर्षण र अवसर : लगानीकर्ताको संख्या ४६ लाखभन्दा बढी

पत्रपत्रिका

आइतबार, २१ कार्तिक २०७८, ०७ : ३३ मा प्रकाशित

शेयरबजारमा आकर्षण र अवसर : लगानीकर्ताको संख्या ४६ लाखभन्दा बढी

अधिकांश नेपालीका लागि अनभिज्ञ क्षेत्रका रुपमा रहेको शेयर बजार केहि वर्षयता मध्यम वर्गको आकर्षण र अवसरको केन्द्र बन्न थालेको छ। 

शेयरमा लगानी गर्नेहरुको संख्या दलाल व्यवसायीमा कारोबार गर्न आउने गरेको भिडले पनि पुष्टि हुन्छ ।शेयर बजारमा अनलाईन कारोबार शुरु भएपछि शेयर खरीदविक्री र भुक्तानीका लागि ब्रोकर कार्यालय जानु नपर्ने आजको अवस्थाले त लगानीकर्तालाई झन सहज बनाइदिएको छ ।

बैंक तथा वित्तीय संस्थाका ढोकामा शेयर खरीदको लागि डिम्याट खाता खोल्न  आउने सर्वसाधारणको थामिनसक्नु भीडले पनि यस्तै पुष्टि गर्छ  । विभिन्न कम्पनीले निष्कासन गर्ने प्राथमिक शेयर(आईपीओ) मा मागभन्दा कयौं गुणा बढी आवेदन परिरहेको छ। दोस्रो बजारमा पनि शेयर खरीदविक्री गर्नेको संख्या बढ्दै गएको छ।

सीडीएससीका अनुसार अहिले शेयरबजारमा संलग्न लगानीकर्ताको संख्या ४६ लाख ६ हजारभन्दा बढी पुगेको छ । यो तथ्यांक गत कात्तिक १६ गतेसम्मको हो । उक्त अवधिसम्ममा ४६ लाख ६ हजार ८२७ जना लगानीकर्ताले शेयरको डिम्याट (अभौतिकीकरण) खाता खोलेका छन् । त्यसैगरी विद्युतीय प्रणाली (अनलाइन) मार्फत शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या झन्डै ११ लाख पुगेको छ ।

पछिल्लो वर्षदेखि आईपीओमा लगानी गर्ने लगानी गर्ने लगानीकर्ताको संख्या बढिरहेको पुष्टि उक्त तथ्यांकले पनि गर्दछ । केहिसाता यता शेयर कारोबारमा उतारचढाब चलिरहेपनि आईपीओ तथा दोस्रो बजारमा लगानीकर्ताहरुको संलग्नता बढ्दै गएको देखिएको छ । 


सीडीएससीका अनुसार आर्थिक वर्ष २०७७/ ७८ मा मात्र शेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएका थिए । २०७७ असारमा डिम्याट खाता संख्या १७ लाख २३ हजार ६०० मात्र थियो । हालसम्म ७ अर्ब ३९ करोड १८ लाख ६९ हजार ६३१ कित्ताभन्दा बढी शेयर अभौतिकीकरण भएको छ । 

विगत एक वर्षदेखिको तथ्यांक र आईपीओमा पर्ने आवेदनलाई आधार मान्ने हो भने आगामी दिनमा मध्यमवर्ग मात्र होइन, सर्वसाधारण(भूईंतह) को पनि आकर्षण बढ्ने निश्चित जस्तै छ । 

शेयरबजारमा आकर्षण र अवसर दुवै भएता पनि यसमा सवैले  सोचेजस्तो गरी आम्दानी भने गर्न सक्दैनन् । एक जना लगानीकर्ता भावना शर्माका अनुसार शेयर बजारमा कमाउने सम्भावना जति उच्च छ उतिकै उच्च छ गुमाउने जोखिम पनि । अभियान दैनिकबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको