Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापुको बृहत अनलाइन सेल ११.११

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, १४ : ३६ मा प्रकाशित

ग्यापुको बृहत अनलाइन सेल ११.११

गत वर्ष झैँ यो वर्ष पनि नेपाली अनलाइन स्टोर ग्यापुले देशकै ठूलो सेल कार्यक्रम ११.११ को घोषणा गरेको छ । थुप्रै आकर्षक छुट र अफरका साथ ग्यापुले नोबेम्बर ११ मा हुने यो बृहत सेलको घोषणा गरेको छ । 

गत वर्ष ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काको जन्मदिनकै शुभ अवसरमा परेको यो ११.११ एकदिने सेल भव्य रुपमा सम्पन्न भएको थियो । सो बेला २४ घण्टा सम्म सम्पन्न भएको सेल धेरै बिक्री भएको थियो । 

जाडोको कपडा, स्मार्टफोन, भान्छाको सामान वा अन्य घरायसी सामान लिने सोचमा भएकाहरुलाई  ग्यापुको ११.११ सेल सुनौलो अवसर हुने बताइएको छ ।  

ग्यापुमा उपलब्ध हरेक सामग्रीहरूमा आकर्षक छुट र क्यासब्याक अफर पनि पाइने बताइएको छ । यो बृहत सेल नोबेम्बर ११ को मध्यरात देखि सुरु भएर २४ घण्टा सम्म उपलब्ध हुनेछ । यस अवसरमा खरिद गरिएका सामग्रीको निशुल्क डेलिभरी पनि गरिनेछ बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको