Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, १५ : ३२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्छन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउँछन् ।

एनसेल आजियाटा लिमिटेड र ग्लोबल आइएमई बैंकबीच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ । ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदारहरु, उनीहरुका परिवार र रेमिटेन्स आम्दानी भएका व्यक्तिहरुका लागि विशेष बचत खाता हो । यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजना सहितको एनसेलको सिम कार्ड र बैंकको विभिन्न सुविधाहरुको फाइदा लिन सक्छन् । 

यस सम्झौता अनुरुप, ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले १२ महिना सम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्दछन् । यस योजना अन्तर्गतको सिम कार्डमा ग्राहकले रु २० को मेन ब्यालेन्स, ७ दिनको समयसिमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्नेछन् । 

त्यस्तै सिम सुचारु भएको पहिलो २ दिनमा भएको रु १०० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा प्राप्त गर्दछन् । प्राप्त सेवा, सुविधाहरु ७ दिनको लागि मान्य रहनेछ । यसका साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत रिचार्जमा बोनसको फाइदा लिन सक्छन् भने भारत, मलेसिया तथा खाडी मुलुकमा कल गर्ने शुल्कमा छुटको फाइदा पनि लिन सक्छन् । 

सहयात्री सिममा ग्राहकका लागि एनसेल जब सपमा एक महिनाको निःशुल्क पहुँच र मासिक प्लानमा ५० प्रतिशत छुट पनि रहेको छ । यसका साथै ग्राहकले कल आयो पैसा पायो, बीप सेवा तथा निश्चित स्थानहरुमा निःशुल्क रोमिङ सेवा जस्ता सेवाहरुको फाइदा पनि लिन सक्नेछन् । 

इच्छुक विद्यमान् सहयात्री सिमका ग्राहकले पनि यस योजनाको लागि योग्य भएमा ग्लोबल बैंकको बैंकिङ सेवा लिन सक्छन् । यो योजनाबाट फाइदा लिन ग्राहकले आफ्नो नजिकैको ग्लोबल आइएमईको शाखामा गई ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोलेर निःशुल्क सहयात्री सिम लिन पर्दछ । 

१८ वर्ष वा सो भन्दा माथिका वैदेशिक रोजगारीमा जान इच्छुक कामदार वा रेमिट्यान्स आम्दानीको स्रोत रहेका नेपालीहरु यो योजनाको लागि योग्य रहेका छन् । ग्राहकले कुनै पनि रकम जम्मा नगरी निःशुल्क ग्लोबल सहयात्री रेमिटेन्स बचत खाता खोल्न सक्छन् । यो योजाना अन्तर्गतको खातामा  ग्राहकले डेबिट कार्ड, एक वर्षको लागि निःशुल्क इन्टरनेट वा मोबाइल बैंकिङ सुविधा, निःशुल्क एबीबीएस सेवा जस्ता विभिन्न सेवाहरुको लाभ पनि लिन सक्छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको