Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र सहजबीच कृषि उद्यमलाई प्रवर्द्धन गर्न सम्झौता

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, १५ : ४२ मा प्रकाशित

नबिल बैंक र सहजबीच कृषि उद्यमलाई प्रवर्द्धन गर्न सम्झौता

नबिल बैंक र सहज बीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुलाई गुणस्तरीय र नविनतम बैंकिङ सेवा प्रदान गर्ने नेपालको अग्रणी यस बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्र (CEAPRED) द्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहज बीच प्रदेश नं. १ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम प्रवर्द्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्भौता गरेको र सोही अनुसार बैंक र सहज बीच परियोजना तयार गरिएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले एक विशेष समारोहका बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । परियोजनाको सम्बन्धमा बोबारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले “नबिल बैंकले सदैब वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको र कृषि क्षेत्रमा गरीने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । त्यस्तै स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले “जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्विस कन्ट्याक्ट नेपाल विश्वास गर्ने बताएका छन् । 

नबिल बैंकले समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसाथ गर्दै स्विसकन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैंकलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र प्रदेश १ मा स्थित कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी गरेको हो ।

यस सम्झौता अन्तर्गत बैंकले हाल कृषि व्यवसायीलाई उपलब्ध गराउने कर्जा सुबिधा प्रक्रियामा विशेष सुधार गरी प्रदेश १ मा रहेका कृषि उद्यमी/व्यवसायीहरुको वास्तविक आवश्कता अनुकूल वित्तीय श्रोत र साधनमा पर्याप्त परिवर्तन ल्याउने यस नविन कार्यमा सहज सँग साझेदारी गर्न पाउदा नबिल बैंक गौरवान्भित छ । साथै, बैंकको दिर्घकालीन लक्ष्य “समृद्ध र समावेशी कृषि क्षेत्रको विकासमा” प्राप्तिलाई सहज सँगको यस साझेदारीले थप उचाईमा पुर्याउनेमा बैंक विस्वस्त छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको