नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।
बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो । तेस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस