Like us!
Follow us!
Connect us!
Watch us!

'स्वचालित मूल्यसूची लागू गर्दा पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ'

पत्रपत्रिका

विहीबार, ०२ मंसिर २०७८, ०७ : ४५ मा प्रकाशित

'स्वचालित मूल्यसूची लागू गर्दा पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ'

पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ । पेट्रोलियम पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन् । नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको छ । मुुख्यतया तीनवटा प्रमुख कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमको दाबी छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजार नै हो । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२÷८३ डलर पुगेको छ । गत वर्षको मङ्सिरमा प्रतिब्यारेल ४१ डलर थियो । एक वर्षमा दोब्बर भएको छ । उनले भने, “अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका साथै डलरको तुलनामा नेपाली रुपियाँको अवमूल्यनले पनि प्रभाव पारेको हुन्छ ।” निगमका अनुसार हाल भइरहेको मूल्यवृद्धि होइन समायोजन हो । अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित मूल्यसूची लागू गर्दा हाल पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ ।

निगमले प्रतिलिटर ८३.४९ रुपियाँमा खरिद गरेको पेट्रोेललाई ५७.७३ रुपियाँ कर थपेर १३६ रुपियाँमा बिक्री गरिरहेको छ । डिजेलमा सम्पूर्ण कर प्रतिलिटर ४०.४१ रुपियाँ लिँदै आएको छ । मट्टितेलमा प्रतिलिटर १५.०२ रुपियाँ कर लिइएको छ । 

गोरखापत्र दैनिकमा समाचार छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको