Like us!
Follow us!
Connect us!
Watch us!

प्राविधिक विश्लेषक कार्की भन्छन्ः बजार ६००० भन्दा माथि नै जान्छ, यो बुल ४ बर्षभन्दा लामो हुन्छ

अर्थ संसार

आइतबार, ०५ मंसिर २०७८, ०८ : १३ मा प्रकाशित

प्राविधिक विश्लेषक कार्की भन्छन्ः बजार ६००० भन्दा माथि नै जान्छ, यो बुल ४ बर्षभन्दा लामो हुन्छ

पछिल्लो समय प्राविधिक विश्लेषणको आधारमा कारोबार गर्ने लगानीकर्ताको संख्या बढेसंगै फेसबुक, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक संजाल मार्फत सेयर बजारको प्राविधिक विश्लेषण गर्ने विश्लेषकहरु पनि टन्नै भैसकेका छन् । आफुलाई अनुकुल हुने किसिमका विश्लेषणहरु गर्ने भन्दै सामाजिक संजालमा सक्रिय त्यस्ता प्राविधिक विश्लेषकहरुलाई लगानीकर्ताहरुले 'धर्के' भन्न थालेका छन्। ति मध्ये केहि औलामा गन्न सकिने विश्लेषकहरुलाई मात्र लगानीकर्ताहरुले रुचाएका छन्।

लगानीकर्ताहरुले रुचाएका मध्येका एक प्राविधिक विश्लेषक हुन् सुबास कार्की ।  यथार्थपरक विश्लेषण पस्किने कार्कीलाई पछ्याउनेहरु पनि धेरै छन् । 

उनले गरेको विश्लेषण यथार्थपरक हुने र उनले गरेको अनुमान धेरै हदसम्म मिल्ने अनुभव लगानीकर्ताहरुको रहेको छ।  आजको यो अंकमा हामी आफ्नो युट्युब च्यानल मार्फत नियमित रुपमा शेयर बजार तथा विभिन्न कम्पनीहरुका प्राविधिक विश्लेषण पस्किदै आएका युवा विश्लेषक सुबास कार्कीसंग गरिएको कुराकानी तपाइहरुमाझ राख्दै छौ।

वि. सं . २०५० मा गुल्मी जिल्लामा जन्मिएका कार्कीले नेपाल कमर्स क्याम्पस, मिनभवनबाट व्यवस्थापन संकायमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।  कलेज पढ्दा देखि नै शेयर बजारप्रति आकर्षित भएका कार्कीले कारोबार गर्दै जाँदा प्राविधिक विश्लेषण सिक्न थाले ।  आफुले गरेको विश्लेषण अनुसार बजारमा राम्रो गर्न सफल भएपछी उनले आफुले सिकेको ज्ञान बढ्ने उद्देश्यले सुबास कार्की नामको युट्युब च्यानल खोलेर त्यसमा आफ्नो विश्लेषणहरु पोस्ट गर्न थाले । उनका भिडियोहरु धेरै लगानीकर्ताहरुले हेर्ने गर्दछन।  यो लेख तयार पार्दासम्म उनको युट्युब च्यानललाइ ३६२०० भन्दा बढीले सब्स्क्राइब गरेका छन् । 

प्राविधिक विश्लेषण भनेको के हो ? सामान्य पाठकले बुझ्ने भाषामा बताइदिनुहोस् न ?

प्राविधिक विश्लेषण (टेक्निकल एनलाइसिस)ले लगानीकर्ताहरुले बजारलाई कसरि लिइरहेका छन् र बजारप्रतिको आम लगानीकर्ताको साइकोलोजी कस्तो छ भन्ने कुराको जानकारी दिन्छ जसले बजार कता जान्छ भन्ने कुराको अनुमान गर्न सजिलो हुन्छ। 

नेपालको सेयर बजारमा प्राविधिक विश्लेषणले खासै काम गर्दैन भन्छन नि।  कत्तिको काम गर्छ जस्तो लाग्छ तपाईलाई ?

टेक्निकल एनलाइसिसले शेयर बजारमा काम गर्ने भनेको ७०% मात्रै हो।  १००% केहि कुरामा पनि हुदैन। र टेक्निकल एनालाइसिसले काम गर्छ या गर्दैन भनेर जान्नको लागि पनि तपाइँसंग टेक्निकल एनालाइसिसको राम्रो ज्ञान हुनु आवश्यक हुन्छ। 

बजारमा आउन चाहने नयाँ लगानीकर्ताहरुलाई के सल्लाह दिनुहुन्छ ?

बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरुलाई के भन्न चाहन्छु भने बजारमा टिकीरहने सोच लिएर आउनुहोस।  क्रिकेटमा सुरुको प्लेयरले जसरि विकेट बचाउने सोच राख्छन त्यसरी नै आफ्नो पुंजी नगुमाउने बारेमा सोच्नुहोस।  रिवार्डभन्दा पनि रिस्कलाइ बढी ध्यान दिनुहोस। 

अहिलेको सेयर बजार कसरि अगाडी बढिरहेको छ जस्तो लाग्छ ? बजारको आगामी यात्रा कस्तो होला ?

अहिलेको बजारमा इन्भेस्टर भन्दा पनि ट्रेडर बढी हावी भएको देखिन्छ।  बजारमा नयाँ लगानीकर्ता, नयाँ प्रविधि र नयाँ कम्पनीहरु थपिने क्रम जारि छ जसले अन्तत: बजारलाई माथि नै लैजान्छ।  मार्केट सधै बुलिश नै रहन्छ , भन्नुको मतलब पहिलेको बियरिस मार्केटमा बजार घटेर जुन बिन्दुमा पुगेको हुन्छ अबको बजार बियर भएर घट्दै न्युनतम बिन्दुमा पुग्दै गर्दा पनि पहिलेको बियर मार्केटको बटमसम्म पुग्दैन।  र अर्को कुरा बजार के हुन्छ भन्ने सन्धर्भमा टेक्निकल एनालाइसिस इतिहास दोहोरिन्छ भन्ने आधारमा गरिन्छ।  यसरि हेर्ने हो भने नेपालको बियर मार्केट पनि करिब ४ बर्षको र बुल मार्केट पनि करिब ४ बर्षको भएको इतिहास छ र बुलमा  बियरको न्युनतम बिन्दुबाट करिब ६ गुणाले बजार बढेको  देखिन्छ।  यसरि हेर्ने हो भने टाइम अनि बढाइको हिसाबले पनि हामी बुलिश मार्केटमै छौ।  ११०० को बिन्दुबाट बढ्न थालेको नेप्से ६ गुणा बढ्ने हो भने ६००० भन्दा माथि सजिलै पुग्ने देखिन्छ। 

सामाजिक संजालमा विश्लेषण राख्नेहरुले बजार बिगारे, आफुले किनेको भए बढ्छ भन्छन, बेचेर बसेको भए घट्छ भन्छन भन्ने आलोचना हुने गर्छ नि बजारमा।  त्यसबारेमा के भन्नुहुन्छ?

टेक्निकल एनालाइसिस गर्ने प्राविधिक विश्लेषकहरुले पनि चार्टले जे भनेको छ त्यहि किसिमको एनालाइसिस गर्नुपर्छ।  र आलोचनाको कुरा गर्दा बजार जहिले पनि Smart Money अर्थात् ठुला लगानीकर्ताको हातमा हुन्छ , टेक्निकल एनालिस्टले बजारमा ठुला लगानीकर्ताहरुको मुभलाइ  फलो गर्ने हो। 

तपाईं प्राबिधिक विश्लेषण गर्नुहुन्छ , प्राविधिक विश्लेषण सिकाउनु पनि हुन्छ।  तपाई आफुले चाही बजारबाट कत्तिको कमाउनु भएको छ ?

कति कमाएँ भन्ने कुरामा हाम्रो नेपालको बजारमा मार्केट बढेको बेलामा मात्र कमाउने हो।  शर्ट सेलिङ्ग गरेर बजार घट्दा पनि कमाउने संयन्त्र यहाँ छैन।  बजारले जति दिन्छ त्यति कमाउने हो र बजार जसरि चल्छ त्यसै गरि चल्ने हो।  मा एउटा स्विङ्ग ट्रेडर भएकाले मलाइ पुग्ने कमाएको छु। खुसि छु। 

युवा प्राबिधिक विश्लेषक सुबास कार्कीको लगानी टिप्स:

- बजारसंग कहिल्यै गुनासो नगर्नु , बजार सधै सहि हुन्छ । 

- बजारले किन्ने र बेच्ने दुबै मौका दिइरहन्छ।  त्यसैले नआतिनुस , नमात्तिनुस ।

- टपमा बेच्न सकिएन र बटममा किन्न सकिएन भनेर दुखि नहुनुहोस।

- मार्केटमा रिवार्डलाइ भन्दा रिस्कलाइ बढी ध्यान दिनुहोस ।

- लंग-टर्म मा सबै लगानीकर्ताले कमाउछन तर बजारको बुल र बियर साइकलको राम्रो ज्ञान हुनुपर्छ । 

- लगानीकर्ता बन्ने सोच हो भने आधारभूत विश्लेषण र कारोबारी बन्ने सोच हो भने प्राविधिक विश्लेषण सिक्नुपर्छ । 

- बाठो लगानीकर्ताहरु बजारमा राम्रो न्युज आउदा बेच्न बसेका हुन्छन भने नराम्रो न्युज आउदा किन्न बसेका हुन्छन ।

- कारोबारीले सधै चार्ट अनुसार चल्नुहोला।  तपाइको मनले एकथरी भनिरहेको छ तर चार्ट्ले त्यसको विपरित भन्छ भने जहिले पनि चार्टले भनेअनुसार गर्नुहोस । 

- यदि तपाइँ ट्रेडर हो भने बेचौं कि नबेचौ जस्तो लागेको बेलामा बेच्नुहोस । 

- बजारबाट कमाएको पैसा बेला बेलामा निकाल्नुहोस र त्यसले तपाइका आवश्यकताहरु पुरा गर्नुहोस वा अन्य सेक्टरमा पनि लगानी गर्नुहोस । 

- अरु व्यापार व्यवसाय , जागिर छ भने शेयर बजारबाटै मनग्गे कमाइन्छ भनेर व्यवसाय, जागिर नछोड्नुहोस् , गरिराख्नुहोस । 

- आफूलाइ जान्ने नसम्झिनुहोस ।  बजारले बेला बेलामा राम्रोसंग सिकाउछ।  त्यसैले बजारसंग चल्नुहोस । आफुलाई  बजार भन्दा जान्ने नसम्झीनुहोस ।

- समाचारहरु हेर्ने बानी बसाल्नुहोस।  बजारमा समाचारहरुको धेरै प्रभाव पर्छ । 

- बेला बेला परिवार, साथीहरुसंग घुम्न जानुहोस ।  आफुलाई आनन्दित र तनाव रहित राख्ने बानी बसाल्नुहोस । 

- सबैभन्दा महत्वपुर्ण कुरा सेयर बजार बाट गुमाउनुभयो भने मैदान छोडेर नभाग्नुहोस् ।  यहाँ कमाउन पनि समय लाग्दैन ।  

सेयर किन्ने उपयुक्त मौका हो भनेर कसरी थाहा पाउने? लगानीकर्ताले के बिर्सन हुदैन ?Nabaraj Burlakoti

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको