Like us!
Follow us!
Connect us!
Watch us!

'जेठबाट बजार माथितिर लाग्नेछ, साउनमा ३२०० को बिन्दु छुनेछ र भदौमा ३२२७ ब्रेक हुनेछ'

बसन्त पाण्डे

बुधबार, २१ बैशाख २०७९, ०० : ०० मा प्रकाशित

'जेठबाट बजार माथितिर लाग्नेछ, साउनमा ३२०० को बिन्दु छुनेछ र भदौमा ३२२७ ब्रेक हुनेछ'

ज्योतिषाचार्य लक्ष्मण गौतम वैदिक ज्योतिषीका साथै वित्तिय ज्योतिष पनि हुन्। उनी सेयर कारोबारमा प्रत्यक्ष रुपमा संलग्न छन् त्यसैले नेपालको सेयर बजारलाई नजिकबाट बुझेका छन। उनी सेयर बजार लगायत विभिन्न विषयहरुमा सामाजिक संजालमार्फत आफ्ना विचार तथा प्रेडिक्सनहरु राख्ने गर्दछन। उनका प्रेडिक्सन तथा विश्लेषणहरु तर्कपूर्ण हुने र प्राय: मिल्ने गरेको हुँदा सामाजिक संजालमा उनलाई फलो गर्नेहरु पनि थुप्रै छन।

खासमा वित्तिय ज्योतिष के हो र सेयर बजारमा यसले कसरी काम गर्छ अनि ज्योतिषीय रुपमा हेर्दा नेपालको सेयर बजार अहिले कस्तो अवस्थामा देखिन्छ र आगामी दिनमा कतातर्फ जानसक्ने देखिन्छ भन्ने विषयमा हामीले उनीसँग कुराकानी गरेका छौं। 

१) वित्तिय ज्योतिष के हो र यसले कसरी काम गर्छ ?

वित्तिय ज्योतिषमा सोलार सिस्टममा आकाशीय पिण्डहरुको पोजिसन हेरेर प्रेडिक्सन गर्ने गरिन्छ।  यसमा सेयर बजारको मात्र नभएर हिरा, सुन, चाँदी लगायतका धातुहरु, कमोडिटिहरु, पेट्रोल, डिजेल, मदिरा, पानी लगायतका तरल पदार्थहरुको मूल्यमा आउने उतार चढावलाई पनि अनुमान गर्न सकिन्छ।  विशेषगरी वित्तिय ज्योतिषमा वृहस्पति, शनि, चन्द्रमा तथा बुध ग्रहको अवस्थितिलाई हेरेर मूल्यमा हुने उतारचढावलाई अनुमान गर्ने गरिन्छ। 

२) कोहि व्यक्ति सेयर बजारमा सफल हुन्छ कि हुँदैन भन्ने कुरा थाहा पाउन सकिन्छ ?

मज्जाले सकिन्छ। सेयर बजारमा कोही व्यक्ति सफल होला कि असफल होला भन्ने कुरामा विशेष गरी शनि र वृहस्पति दुई ग्रहहरुले महत्वपूर्ण भूमिका खेल्दछन।  शनिको अवस्था राम्रो भएको व्यक्तिले भ्यालु इन्भेष्टिंग गरेर सफल हुन सक्ने सम्भावना उच्च हुने गर्दछ।  उदाहरणको लागि वारेन बफेटलाइ लिन सकिन्छ।  वारेन बफेटको कुण्डलीमा शनिको अवस्था बलियो छ। त्यस्तै ग्रोथ इन्भेष्टिंग सफल हुन चाहिँ वृहस्पतिको अवस्था राम्रो हुनुपर्दछ। भारतका बिग बुल भनेर चिनिने राकेश झुनझुनवालाको कुण्डलीमा वृहस्पति उच्च स्थानमा देखिएको छ। उनी ग्रोथ इन्भेष्टर मानिन्छन।  

३) गत भदौमा ३२०० माथि पुगेको बजार अहिले २३०० को लेभलमा छ  बजार किन डाउन ट्रेन्डमा गयो ? कुन ग्रहले कस्तो प्रभाव पारेको देखिन्छ ?

निहुँ कोरोनाको थियो तर अघिल्लो वर्ष सेयर बजारमा ठूलो मुभ आउनैपर्ने योग थियो।  धेरै वर्षपछि वृहस्पति र शनिको युती बनेको थियो। त्यसैको प्रभावस्वरुप सेयर बजार उच्च अंकले बढ्यो। अहिले वृहस्पति र शनिको योग छुटेको छ। दशैँ पछिबाट आकाशीय पिण्डहरुमा कालसर्प योग बनेको थियो। त्यही कालसर्प  योगको कारणले सेयर बजार साइडवेज र डाउनट्रेन्डमा गईरहेको अवस्था हो। कतिपय साथीहरु भन्नुहुन्छ पोलिसीहरु बजारमैत्री आईदिएनन, त्यसैले बजार घट्यो। पोलिसी नराम्रो आउन पनि ग्रहहरुको योगले धेरै प्रभाव पारेको हुन्छ।  १० को अंकमा मंगल र शनि बसिराखेका छन् अहिले। त्यसले रुस र युक्रेन बीच युद्ध गराउन भूमिका खेलेको छ।  मे १४ बाट यो प्रभाव खुकुलो भएर रिलिज भएर जानेछ।  त्यसपछि विश्व अर्थव्यवस्था पनि नर्मलाइज हुँदै जानेछ।  

शुक्र पनि १२ को अंकमा पोजिटिभ भईसकेको छ। शुक्र भनेको नीतिसँग जोडिएको ग्रह पनि हो। शुक्र सकारात्मक हुँदा नीतिहरु पनि सकारात्मक बन्ने देखिन्छ। त्यसैले अब आउने नीतिहरु जस्तै बजेट भयो, मौद्रिक नीति तथा अन्य नीतिहरु पनि सकारात्मक नै हुने देखिएको छ। यो कुराले सेयर बजारलाई राम्रो गर्ने देखिन्छ। जेठदेखि सूर्य पनि कालसर्प योगलाई तोडेर वृष राशिमा प्रवेश गर्नेछ। जसले सेयर बजारलाई सकारात्मक बनाउनेछ। 
४) अब बजारको यात्रा कतातार्फको हुन सक्ला ? के भन्छ तपाईंको अध्ययनले ?

नेप्सेको  १३ जनवरी १९९४ को बिहान १०/११ बजेको समयमा नेप्सेको कारोबारको सुरुवात भएको रेकर्डलाई आधार मानेर हेर्दा २०२९ जनवरी १३ सम्म नेप्सेमा राहु चल्दैछ। २०२९ जनवरी १३ पछि १० वर्ष ८ महिनाका लागि नेप्सेले हाइयर हाई बनाउँदै नेभर वियरिस हो कि भन्ने हिसाबले बजार बढ्ने मेरो प्रेडिक्सन छ। नेप्सेमा अहिले चलेको संकटा र राहुको प्रभावले नियामक निकायहरु पनि सेयर बजारप्रति सकारात्मक नहुने, खेलाडीहरुले पम्प एण्ड डम्प गर्ने जस्ता कुराहरु भईरहन्छ। 

केहि दिनअघिको सूर्य ग्रहणले एउटा टर्निङ्ग पोइन्ट लिएर आउनेछ।  जेठ १ गतेबाट कालसर्प योग सकिएर जानेछ। नेपालको बजारको सन्धर्भमा २०८२ सम्म बजारमा ठूलो उतार चढाव रहने देखिन्छ। जेठको १ गतेबाट बजारमा राम्रो मोमेण्टम आउनेछ।  सेप्टेम्बर महिनामा नेप्सेले यसअघिको अल टाइम हाईलाई छुन खोज्ने र नोभेम्बर बाट बजारको यात्रा माथितिरको हुने देखिन्छ।  

सम्भवत: यो महिनामा ४/५ वटा वियरिस क्यान्डल र जेठ महिना ४/५ वटा वियरिस क्यान्डलहरु बन्न सक्ने सम्भावना पनि देखिन्छ र त्यसपछि बजारको यात्रा माथितिरकै हुने देखिन्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको