Like us!
Follow us!
Connect us!
Watch us!

हमाल धितोपत्र बोर्डको अध्यक्ष भएर आउँदा नायक फिल्मको अनिल कपुरजस्तो लागेको थियो

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, १७ : ३१ मा प्रकाशित

हमाल धितोपत्र बोर्डको अध्यक्ष भएर आउँदा नायक फिल्मको अनिल कपुरजस्तो लागेको थियो

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव तथा सक्रिय लगानीकर्ता दुर्गा तिवारीले नियामकहरुले पुँजी बजारको समस्या बुझे पनि नबुझे जस्तो गरेको भन्दै दु:ख व्यक्त गरेकी छन। उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको 'परिपक्क पुँजीबजार सम्मेलन' मा बोल्दै उनले धितोपत्र बोर्डका अध्यक्ष नियुक्त भएर आउँदा उनको जोश, जाँगर र तदारुकता देख्दा हिन्दि फिल्म 'नायक' को अभिनेता अनिल कपुरले झैँ फटाफट पुँजीबजारमा देखिएका समस्याहरु समाधान गर्लान जस्तो लागेको तर कुरा गरीएजस्तो काम हुन नसक्दा पुँजी बजारका समस्याहरुको सम्बोधन हुन नसकेको धारणा व्यक्त गरिन। 

नियामक निकायहरु नियमन भन्दा पनि प्रत्यक्ष नियन्त्रणतिर लागेकाले लामो समयदेखि सेयर बजार डाउन ट्रेन्डमा रहेको भन्दै आम लगानीकर्ताहरुलाई मात्रै नभएर राजनीतिक नेतृत्व देखि नियामक निकायका हाकिम साबहरुलाई पनि सेयर शिक्षाको खाँचो रहेको बताउँदै तिवारीले केहि दिन अघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक रुपमा ब्याजदर अझै बढ्छ भन्ने अभिव्यक्ति दिएपछि सेयर बजार प्यानिक भएको आरोप पनि लगाएकी  छिन। जिम्मेवार पदमा बसेका व्यक्तिहरुले 'मैले कहाँ के बोल्दा त्यसले कुन क्षेत्रमा कस्तो असर पार्छ' भन्ने कुराको ख्याल गर्नुपर्ने भन्दै ५० औँ लाख जनताहरु संलग्न भएको पुँजीबजारलाई प्रत्यक्ष रुपमा असर पर्ने कुरा बोल्दा सोचेर बोल्नुपर्ने पनि उनले बताएकी छिन।  

'जग्गा कारोबार गर्दा कर छल्ने गरिन्छ तर सेयर कारोबारमा कर छल्न सक्ने अवस्था हुँदैन। लगानीकर्ताहरु अहिले घाटामा छन तर पहिले नाफामा बेच्दा थुप्रै कर तिरेका छन। जग्गाको कारोबार गर्न सजिलै ऋण पाइन्छ र कुनै लिमिट पनि हुँदैन तर सेयरमा ४ करोड र १२ करोडको सिमा तोकियो। त्यहि १२ करोड पनि एउटै वित्तिय संस्थाबाट लिन पाइने व्यवस्था गरिदिए हुन्थ्यो भन्ने हाम्रो मागको सुनुवाई भएन। झन् अहिले त सेयर कर्जाको रिस्क वेटेज पनि बढाईयो। जताबाट पनि सेयर बजारलाई प्रहार गर्ने काम भएको छ।' उनी भन्छिन।  

अधिकांश नवप्रवेशी लगानीकर्ताहरुलाई बजारको जोखिमको बारेमा थाहा नभएको हुँदा उनीहरुलाई सेयर शिक्षा प्रदान गर्न आफूहरु तयार रहेको भन्दै धितोपत्र बोर्डले योजनाबद्द रुपमा सेयर सचेतनाका कार्यक्रमहरु संचालन गरिनुपर्ने बताउँदै तिवारीले त्यस किसिमको शिक्षा सैद्धान्तिक भन्दा पनि व्यवहारिक हुनुपर्ने उनको सुझाव छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको