Like us!
Follow us!
Connect us!
Watch us!

यसअघि १८९० बाट ३६% को गिरावटपछि ४४% को बाउन्स, ईतिहास दोहोरिएला ?

बसन्त पाण्डे

शुक्रबार, २० जेठ २०७९, १५ : ४९ मा प्रकाशित

यसअघि १८९० बाट ३६% को गिरावटपछि ४४% को बाउन्स, ईतिहास दोहोरिएला ?

जुलाई २०१६ मा बजार १८९० को बिन्दुमा थियो। ७ महिनापछि बजार ३६% ले घटेर १२१३ को बिन्दुमा आईपुग्यो। १२१३ को अंकबाट २ महिनाको अवधिमै ४४% ले बढेर बजार १७५० को बिन्दुसम्म पुग्यो। 

अगस्ट २०२१ मा बजार ३२२७ को बिन्दुसम्म पुगेको थियो। १० महिनापछि बजार ३६% कै हाराहारीमा झरेर नेप्से परिसूचक २०७० को बिन्दुमा आइपुगिसकेको छ। 

सेयर बजारमा इतिहास दोहोरिन्छ भन्ने मान्यता राख्ने गरिन्छ। यदि डाटाहरुलाई केलाएर हेर्ने हो भने ईतिहास बारम्बार दोहोरिएको पाइन्छ। यदि अहिले पनि ईतिहास दोहोरिने हो भने अब बजार बढ्ने सम्भावना देखिन्छ। छोटो समयमै उच्च अंकले घटिसकेपछि एकदमै छोटो समयमा निकै ठूलो अंकको बाउन्स ब्याक हुने गरेको पाइन्छ। यदि ईतिहास दोहोरिने हो भने अब बजार यहि बिन्दुबाट ४४% कै हाराहारीमा बढ्ने हो भने बजार २९०० को लेभलतिर पुग्नसक्ने सम्भावना देखिन्छ। 

सेयर बजार बढ्दो ट्रेन्डमा हुँदा बजार घट्छ भन्ने कुरा विश्वाश गर्नै गाह्रो हुन्छ। तर एउटा बिन्दुमा पुगेपछि बजार मज्जाले घट्छ। त्यस्तै बजार डाउन ट्रेन्डमा हुँदा बजार बढ्छ भन्ने कुरा विश्वाश गर्न गाह्रो हुन्छ। तर घटेर एउटा बिन्दुमा आइसकेपछि बजार बढ्ने गर्दछ। त्यस्तै बजार बढ्ने बेलामा सबै राम्रा राम्रा मात्रै समाचारहरु आउने गर्दछन भने बजार घट्दा सबै नराम्रा समाचारहरु मात्रै आउने गर्दछन। बजार बढेर यतिसम्म पुग्छ वा घटेर यतिसम्म आउँछ भन्ने कसैले थाहा पाउन सक्दैन तर ओभरसोल्ड जोनमा पुगेपछि बजार बढ्ने र ओभरबाउट जोनमा पुगेपछि बजार घट्ने प्रक्रिया चलिरहन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको