Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा डेढ वर्ष यताकै न्युनतम कारोबार !

बसन्त पाण्डे

मंगलबार, १३ बैशाख २०७९, १७ : ४० मा प्रकाशित

नेप्सेमा डेढ वर्ष यताकै न्युनतम कारोबार !

८ महिना अघि ३२०० को हाराहारीबाट घट्दो ट्रेन्डमा गएको सेयर बजार आज मंगलबार १५ अंकले घट्दै २३७१ को बिन्दुमा आइपुगेको छ। नेप्से परिसूचक घट्दै जाँदा कारोबार रकममा पनि उच्च गिरावट आएको छ। बजार ३२०० को आसपास हुँदा २१ अर्ब भन्दा बढीको कारोबार हुने गरेको बजारमा अहिले मुस्किलले २/३ अर्बको कारोबार हुन थालेको छ। 

आज मंगलबार नेप्सेमा जम्मा १ अर्ब ४ करोडको कारोबार भयो। यो डेढ बर्ष यताकै न्युनतम कारोबार हो। यसअघि १९ अक्टोबर २०२० मा ९५ करोड बराबरको कारोबार भएको थियो। भोलिपल्ट २० अक्टोबर २०२० मा १ अर्ब २७ करोडको कारोबार भएको थियो। १९ अक्टोबरमा २०२० को दिन बजार १५५० को आसपासमा क्लोज भएको थियो। त्यसपछि बजार बढ्दो ट्रेन्डमा गयो र सो बेलासम्मको अल टाईम हाई १८९०  को बिन्दुलाई पनि ब्रेक गर्दै बजार माथितिर लाग्यो। बजार १८९० को बिन्दुबाट माथि लाग्दै गर्दा दैनिक कारोबार रकम पनि बढ्दै गयो र ५ अर्ब, १० अर्ब, १५ अर्ब हुँदै २० अर्बको कारोबार पनि सामान्य हुन थाल्यो।

यसरी नेप्से इन्डेक्स संगै बढ्दै गएको कारोबार रकम अहिले भने निकै नै खुम्चिएको छ। बजार ३२२७ को बिन्दुबाट खस्दै गर्दा कारोबार रकम पनि २० बाट १५ अर्ब, १० अर्ब, ५ अर्ब हुँदै अहिले दैनिक २ अर्बको हाराहारीमा सिमित भैसकेको छ।

नेपालको बजारमा शर्ट सेलिङ्ग र फ्युचर अप्सनको सुविधा उपलब्ध छैन। यहाँ बजार बढेमात्र कमाइने मेकानिजम छ। शर्ट सेलिङ्गको सुविधा नरहेकाले थोरै कित्ता सप्लाई भएका कम्पनीहरुको सेयर सर्कुलर कारोबार गर्दै धेरै माथि लाने र महँगो मूल्यमा भिडाउने परिपाटी बढेर गएको छ। यदि शर्ट सेलिङ्गको सुविधा हुन्थ्यो भने बजार घट्दा पनि कमाउने अवसर प्राप्त हुनेथियो र बजारमा सन्तुलन पनि कायम हुने थियो।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको