Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालमा डेड क्रसओभर आतंक: "क्रसओभर भैसकेको होइन, आत्तिन आवश्यक छैन"

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, ११ : ०८ मा प्रकाशित

सामाजिक सञ्जालमा डेड क्रसओभर आतंक: "क्रसओभर भैसकेको होइन, आत्तिन आवश्यक छैन"

नेप्सेको डेली क्यान्डल बेसीसमा हेर्दा  ५० दिनको मुभिंग एभरेजले २०० दिनको मुभिंग एभरेजलाइ माथिबाट तलतिर काट्न खोजेको हो कि जस्तो देखिएको छ । हिजो सामाजिक संजालमा यो कुरालाई  नेप्सेमा डेड क्रसओभर भयो र बजार अब मज्जाले नै घट्ने भयो भन्ने हिसाबमा प्रचार गरेको देखियो । खासमा चार्टमा कस्तो किसिमको फर्मेसन बनेको हो र वास्तविकता के हो भन्ने विषयमा बजारका चर्चित प्राविधिक विश्लेषकहरुलाई सोधेका छौ ।  

१. बिष्णु प्रसाद बस्याल :

प्राविधिक विश्लेषण गर्ने प्रमुख आधार भनेको इतिहास दोहोरिन्छ भन्ने हो।  विगतमा यसरि ५० दिनको मुभिंग एभरेजले २००  दिनको मुभिंग  एभरेजलाइ पटक पटक माथिबाट तलतिर काट्ने प्रयास गरेको थियो तर धेरै पटक फेरी पुल ब्याक भएर बजारमा बुलिश कनट्युनेशन भएको थियो।  विशेषगरि जब जब बजारको प्राइस ति ५० दिनको मुभिंग एभरेज र २०० दिनको मुभिंग एभरेज भन्दा तल रहेको अवस्थामा मात्रै बजार तलतिर झर्न सक्ने सम्भावना रहन्छ तर अहिलेको अवस्थामा २०० दिनको मुभिंग एभरेज र ५० दिनको मुभिंग एभरेज भन्दा मार्केट प्राइस माथि नै रहेको छ।  त्यसैले लगानीकर्ताहरु आत्तिनु पर्ने अवस्था छैन।  बजारका अरु इण्डिकेटरहरुले बजारलाई बुलिश नै देखाईरहेको छ।  अहिले बजार एउटा लेभलमा कन्सोलिडेट भैरहेको र र केहि समय पश्चात बजारमा राम्रो अपवार्ड मोमेन्टम देख्न पाइने सम्भावना प्रबल छ।  

२. अजय सिंह थापा (जय शम्भु ) :

बजारका अर्का चर्चित विश्लेषक अजय सिंह थापाले पूर्ण रुपमा क्रसओभर नभईसकेकाले यसलाई खासै महत्व दिनुपर्ने अवस्था नरहेको बताए। बजारका अरु इन्डिकेटरहरु पोजिटिभ छन् , बजारमा बुलिश ट्रेन्ड कायम नै छ।  केहि समयपछि फेरी गोल्डेन क्रसओभर देख्न सकिने सम्भावना प्रबल छ।  बजार बुलिश ट्रेन्डमै छ, लगानीकर्ता आतिनु पर्ने अवस्था होइन।

619c7e35d96e7.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको