Like us!
Follow us!
Connect us!
Watch us!

“अर्थमन्त्रालय नै बजार विकासको बाधक, सेयर मूल्य घटाउन र कहाँ हावा भरिएको छ खोज्नमै व्यस्त”

लगानीकर्ताको आवाज

बुधबार, ०८ मंसिर २०७८, १२ : ०१ मा प्रकाशित

लगानीकर्ताकाे रुपमो दोस्रो बजारमा प्रवेश गरेपछि स्वार्थ बाझिने डरले आफुले करिब २५ वर्षको पत्रकारिता पेशालाई बिट मारेर सेयर बजारमा पुर्ण रुपमा प्रवेश गरेको बताउँछन् पुर्व पत्रकार एवं सक्रिय लगानीकर्ता तिलक कोइराला ।

अहिलेको अवस्थामा सेयर बजार सम्बन्धी समाचारहरु प्रवाह गर्ने विभिन्न सञ्चार माध्यामहरुले पनि बजारको संवेदनशिलतालाई बुझेर समाचार सम्प्रेषण गर्नुपर्ने र सेयरमा लगानी गर्ने लगानीकर्ताहरुले पनि कागले कान लग्यो भन्दैमा कागको पछि कुद्नु भन्दा पनि आफ्नो कान छाम्नु पर्ने उनको तर्क छ । 

पुँजी बजार भनेको आन्दोलन गर्ने व्यक्ति वा समूह ठेक्काको विषय होईन यो कुरामा त सरकार आफै जिम्मेवार हुनुपर्ने हो विगतमा सरकारले आफै पुरा गर्छौँ भनेर हस्ताक्षर गरेका ५८ बुँदाहरु किन अहिलेसम्म कार्यन्वयन हुन सकेन ? बजारमा यसरी सरकार गैरजिम्मेवार हुँदा के लगानीकर्ताहरु लाई मात्र घाटा हुन्छ त ? सरकारले पनि सेयर बजारबाट कमाउने पुँजीगत लाभकर बापतको अर्बौँ रुपैयाँ पनि त गुमाउँछ अनि किन सरकार यस्तो उदासिन ? उनले आक्रोस व्यक्त गरे । 

पछिल्लो समयमा अर्थमन्त्रालयको गतिविधी हेर्दा अर्थमन्त्रलाय पुँजीबजारको कसरी विकास र विस्तार गर्ने भन्दा पनि लगानीकर्ताहरुलाई कसरी फसाउँन सकिन्छ भन्ने कुरामा बढी केन्द्रित देखियो । सेयरको मूल्य कसरी घटाउने र कहाँ हावा भरिएको छ भनेर खोज्ने मात्र काम हुन्छ त्यहाँ निति नियम र पुर्वाधार ठिक गर्ने कुरामा कुनै बहस नै हुँदैन अनि कसरी हुन्छ पुँजीबजारको विकास ? कोइरालाले भने । 

"यदि अहिले सरकारले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने, संस्थागत ब्रोकरहरु भित्र्याउने, प्रतिस्पर्धात्मक ब्रोकर कमिसन कायम गर्ने र अहिलेका ब्रोकरहरुको पनि दायर विस्तार मात्र पनि गर्न सक्ने हो र मार्जिन ट्रेडिङ जस्ता कुराहरुको व्यवस्था गर्यो भने बजार पुर्णरुपमा स्वचालित हुन्छ तर अहिलेका अर्थमन्त्री यो सबै कुराहरु गर्न चाँहानुहुन्न उहाँ त अहिले आफ्नो चुनाव खर्च जुटाउनको लागि केहि व्यक्तिगत ब्रोकरहरु बेच्ने ध्याउन्नमा देखिनु हुन्छ , हैन भने किन उहाँहरुले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिन किन रोक लगाउनु भयो यसको जवाफ दिनु पर्छ", उनले भने । 

आफुले सेयरमा लगानी गर्दा कहिल्यै पनि नेप्से परिसूचकलाई ख्याल नगर्ने भन्दै उनले भने “मैले सेयरमा लगानी गर्दा नेप्सेको सूचकलाई कहिल्यै पनि महत्व दिने गरेको छैन किन भने मैले कुनै कम्पनीमा लगानी गरेको छु भने त्यो कम्पनीको सेयर मूल्य नेप्से बढ्दा घट्ने र घट्दा बढ्ने पनि त हुन सक्छ त्यसैले मैले जहिले पनि कम्पनी केन्द्रित लगानी गर्ने गरेको छु जसबाट म आफु सेयरमा गरेको लगानीबाट पुर्ण रुपमा सन्तुष्ट पनि छु” । 

सेयर बजारमा बढाई र घटाई स्वभाविक भएको भन्दै उनले लगानी गर्दा नेप्से परिसूचक यती छ म लगानी गर्छु यती बढ्यो अब निस्कन्छु भन्नुभन्दा पनि आफुले लगानी गरेको कम्पनीको अवस्था कस्तो छ कसरी सञ्चालन भइरहेको छ लाभांश कति वितरण गर्नसक्छ भन्ने जस्ता कुराहरुमा विचार गरेर लगानी गर्नुपर्ने बताए । 

सेयर कर्जामा राष्ट्र बैंकले जुन सिमा तोकिदियो त्यो विश्वका धेरै देशको तुलनामा धेरै नै अग्रगामी छलाङ भएको भन्दै उनले यो नीतिलाई अहिले बजारले पचाइसकेको उनको तर्क छ । विगतदेखि नै राष्ट्र बैंकले नेपालको पुँजीबजारलाई माया गर्दै आएको भन्दै उनले यो नीति बजारमैत्रि रहेको बताए । 

“नेपालको राजनिती र प्रशासन एकदमै गय गुज्रेको छ की यहाँ अभाव, दवाब र प्रभाव बिना कुनै पनि काम हुँदैन, अहिले नेप्से र धितोपत्र बोर्डको प्रमुखको नियुक्तिमा ठुलो चलखेल हुँदैछ विगतमा हाामिले देखेका छौँ कि कतिपय व्यक्तिले नेप्से र बोर्डको प्रमुख नियुक्तिका लागि तिर्ने पैसाको जोहो गर्नकै लागि बैंकहरुबाट कर्जा लिएको उदाहरणहरु हामीले नै देखेका छौँ अब अहिलेको नियुक्तिमा पनि शक्ति केन्द्रलाई दक्षिणा नबुझाई कसैले नियुक्ति पाउने अवस्था देखिएको छैन” कोइरालाले भने ।  

उनीसँगकाे अन्तरवार्ता तल प्रस्तुत गरिएकाे छ :

 
  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको