Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, १७ : ०६ मा प्रकाशित

ओपोद्वारा फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

ओपोले डुअल साइड्स र र्यापएराउण्ड डिस्प्ले सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ ।

वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआईपीओ) मा दर्ता गरिएको प्याटेन्टमा ओपोले  दुई साइड भएका उपकरण एसेम्बल र डिसएसेम्बल गर्ने तरिकाको वर्णण गरेको छ । प्याटेन्ट भित्र यस उपकरणका लागि ओपोले बनाएका सोचको रेखा चित्र र योजना सम्मिलित रहेका छन् । तथापी, यसमा उपकरणको सम्भावित लुक्सका बारेमा कुनै जानकारी भने दिइएको छैन । तथापी, अवधारणाका निर्माता र लेट्सगो डिजिटलसँगको सहकार्य मार्फत यस ओपो उपकरणको सम्भावित रुपरेखा रेन्डर गरिएको छ । यसलाई हेर्दा ओपोले अत्यन्त रोचक उपकरण प्रस्तुत गर्ने तयारी गरिरहेको देखिन्छ ।

रेन्डर्सलाई आधार मान्दा ओपोको यस उपकरणमा सार्प कर्नर्सका साथमा पातला बेजल रहेको छ । यसमा कम्पनीले कभ्र्ड डिस्प्लेको प्रयोग गरेको देखिँदैन । तस्विरलाई आधार मान्दा स्क्रिनका कुनाहरुमा पनि सार्प कर्नर्सको प्रयोग भएको छ । प्याटेन्टका अनुसार यस डिजाइनमा डिस्प्ले र फ्रेमका विच अल्ट्रा-थिन स्टील प्लेटको प्रयोग भएको छ । यसले गर्दा ओपोले यसमा पातलो स्क्रिनको सहज प्रयोग गर्न सक्षम भएको देखिन्छ ।

यस उपकरणको पछिल्लो भागमा एलईडी फ्ल्याशका साथमा चार ओटा क्यामेरा छन् । यसमा रहेको डिस्प्ले फोनको पछिल्लो भाग सम्म पुगेका कारण यी क्यामेराको प्रयोग सेल्फी शुटर्सका रुपमा पनि गर्न सकिनेछ । यसले गर्दा उपकरणमा छुट्टै फ्रण्ट क्यामेरा जडान गरिएका छैनन् । यसमा रहेको डिस्प्लेले अघिल्लो भागमा केहीका लागि पनि स्थान छाडेको देखिँदैन । डिस्प्लेको र्यापएराउण्ड बायाँपट्टी रहेकाले उपकरणको दायाँ पट्टी भोल्यूम रकर र पावर बटन समाहित गरिएका छन् ।

ओपोको नयाँ प्याटेन्टले स्मार्टफोन उद्योगमा नयाँ उचाईँ हात पार्न कम्पनीका आकर्षक योजनाको झल्को दिएको छ । तथापी, हालका लागि यो मात्र एक प्याटेन्टका रुपमा रहेको छ । योजनाले वास्तविकताको रुप लिन्छ भन्ने कुराको यसले कुनै ग्यारेन्टी भने लिँदैन र लिइ हालेमा पनि यसका लागि लामै समय लाग्ने देखिएकाे ओपोले जनाएकाे छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको