Like us!
Follow us!
Connect us!
Watch us!

आज सर्वाेच्चको फुलकोर्ट बस्दै, गोला प्रणालीकाे मिति तय हुने

अर्थ संसार

विहीबार, ०९ मंसिर २०७८, १० : ५३ मा प्रकाशित

आज सर्वाेच्चको फुलकोर्ट बस्दै, गोला प्रणालीकाे मिति तय हुने

सर्वाेच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्ट आज बिहीबार बस्दैछ । बैठकले इजलास तोक्न गोला प्रणाली लागू गर्ने मिति तय गर्नेछ । 

यसअघिको पूर्ण बैठकले गोलाप्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा संशोधन गरेर गोलाप्रथाको कार्यविधि पारित गरेको थियो । उक्त नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । 

अब गोला प्रणाली लागू हुने मिति आजको पूर्ण बैठकले तय गर्नेछ ।

आजको बैठक पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिना नै बस्न लागेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिदामा रहेकाले बाँकी  १८ न्यायाधीशको बैठक बस्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको