Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समिक्षा : ४/१२ को नीतिमा भएन हेरफेर

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, १० : ४६ मा प्रकाशित

मौद्रिक नीतिको समिक्षा : ४/१२ को नीतिमा भएन हेरफेर

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज (मंसिर १० गते, शुक्रबार) सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समिक्षाले ४/१२ को नीतिमा भने कुनै हेरफेर गरेकाे छैन ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जामा कडाइ गर्‍यो। एउटा बैंकबाट ४ करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गर्‍यो। ४ करोड बढी लिन चाहनेले अरू दुईवटा बैंकबाट ४/४ करोड गरी १२ करोड सेयर कर्जा लिन पाउने व्यवस्था मौद्रिक नीतिमा राखियो। एउटै बैंकबाट जति पनि सेयर कर्जा लिन पाइने व्यवस्थाले ठूला लगानीकर्तालाई मात्र फाइदा पुगेको राष्ट्र बैंकको बुझाइ छ। मौद्रिक नीतिमा गरिएको कडाइले सेयर बजारमा प्रत्यक्ष प्रभाव पर्‍यो। लगानीकर्ताले आन्दोलनसमेत गरे। राष्ट्र बैंक र सरकारमाथि नीति परिवर्तन गर्न दबाब बढाए।

राष्ट्र बैंकले माैद्रिक नीतिकाे समिक्षामा पनि लगानीकर्ताहरूले परिमार्जन हाेला भनी अपेक्षा गरेका नीतिमा भने केही परिवर्तन गरेन । समिक्षामा सेयर धिताे कर्जामा लगाइएकाे ४/१२ काे सीमा र सीडी रेसियाे सम्बन्धी नीतिमा केही परिमार्जन हुन्छ भन्ने लगानीकर्ताहरूकाे आश थियाे । तर राष्ट्र बैंकले लगानीकर्ताहरूकाे याे आश भने मेटाउन सकेन ।

याे पनि : 

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको