Like us!
Follow us!
Connect us!
Watch us!

बजार बढ्ने जानकारको आकलन फेल, मौद्रिक नीति नभई अरु कारण बजार घट्यो

अर्थ संसार

आइतबार, १२ मंसिर २०७८, २० : ४३ मा प्रकाशित

बजार बढ्ने जानकारको आकलन फेल, मौद्रिक नीति नभई अरु कारण बजार घट्यो

आइतबार सेयरबजारमा लगानी गर्ने लगानीकर्ताका लागि सुखद रहेन। अझ भन्ने हो भने नेप्सेमा ट्रेडिङ्ग गर्ने लगानीकर्ताको लागि त आइतबारको घटाई ७ रेक्टरको भुकम्प भन्दा कम थिएन।  आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ८०.२९ अंकले घटेर २६५१.४९ विन्दुमा झरेकाे छ । एकैदिन नेप्से २.९४ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि १४.१९ अंकले घटेर ५०१.४५ विन्दुमा झरेको छ ।

आइतबारको घटाईलाई धेरैले राष्ट्र बैंकले शुक्रबार मात्र गरेको मौद्रिक नीतिको समिक्षाको असर सँग तुलना गरेका छन्।  लगानीकर्ताले पक्कै पनि राष्ट्र बैंक ४-१२ को नीतिमा परिवर्तनको आशा गर्दै थिए। तर शुक्रबार राष्ट्र बैंक आफ्नो पहिलेको नीतिमा टसमस अहुदा लगानीकर्तामा एकाएक प्यानिकको अवस्थामा देखिए जसको कारण आइतबारको फल देखिन्छ। 

तर आइतबारको घटाई धेरै बजारका जानकार र विश्लेषकहरुको अनुमान पनि फेल भएको देखिन्छ।  शुक्रबार पछिको समिक्षा पछि अर्थसंसार सँग कुरा गर्दै उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेलले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले सेयर धितोकर्जामा लगाइएको ४/१२ को क्याप यथावत राखेता पनि त्यसले बजारमा कुनै असर नगर्ने बताएका थिए ।पौडेलले अहिलेको ठुलो समस्या भनेको ४/१२ भन्दा पनि तरलता संकट रहेको बताएका थिए।  

तेस्तै अर्का जानकार नयन बास्तोलाले पनि अहिलेको मौद्रिक नीतिको समिक्षाले बजारमा खासै ठुलो असर गर्ने देखेका थिएनन् । उनलाई  राष्ट्र बैंकले सेयर कर्जामा लगाएको सिमा परिवर्तन गर्छ जस्तो लागेको पनि थिएन र गरेन पनि । बजारमा अहिले हल्ला गरिए जसरी यो कुराले कुनै पनि नकारात्मक प्रभाव पर्दैन भन्ने उनिको पनि  विश्वास थियो । 

नेपाल पुँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलले  बजारले ४/१२ को सिमालाई पचाइसकेको  बताएकी थिईन। उनलाई  क्षणिक रुपमा यसको प्रभाव देखिए पनि १-२  केहि दिनमानै बजार आफ्नो लयमा फर्कने आकलन गरेकि थिईन। 

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष एवंम लगानीकर्ता छोटेलाल रौनियारले गभर्नरले आम लगानीकर्ताहरुलाई निराश बनाइदिनु भएको ,मौद्रिक नीतिको समिक्षा लगानीकर्ताहरूले अपेक्षा गरेजस्तो नभएको तर पनि समग्रमा पुँजी बजारलाई भने अब यो कुराले खासै प्रभाव नपार्ने र बजार सकारात्मक नै हुने उनको विश्लेषण थियो। 

जसरी जानकार र धेरै लगानीकर्ताको प्रतिनिधित्व गर्ने नेताहरुले आइतबार सेयर बजारको आकलन गरेका थिए , त्यो भन्दा केहि फरक बजार हिडेको देखिन्छ।  पहिलो दुई घण्टामा किन्ने र बेच्ने दुबैको चाब देखिए पनि बजारको अन्तिम दुई घन्टामा बजारमा ठुलो प्यानिक आएको वा सिर्जना गरिएको जस्तो देखिन्छ। 

बजारमा जानकारको आकलन फेल कसरी हुन गयो, के कारण हुन सक्छ ? कारण खोजि 

बजारमा लामो अनुभव राख्ने जानकारहरुको विश्लेष्ण र वास्तविक बजारमा हुने घटना कमै चोटि मात्र फरक हुने गर्छन। अझ मौद्रिक नीति पछि धेरैको आकलन बजारलाई केहि असर नगर्ने नै भन्ने थियो जुन अहिले उल्टो साबित भएको जस्तो देखिन्छ। किन यस्तो हुन् गयो भनेर केलाउदै गर्दा आइतबारको फ्लोर सीट हेर्ने पर्ने हुन्छ। आइतबार  ४२ नम्बर ब्रोकरको नामले परिचित सनी सेक्युरुटिजको फ्लोर सीट हेर्दा उक्त ब्रोकरबाट ठूलो सख्यामा सेयर फालिएको देखिन्छ।  आइतबार मात्र झन्डै ९५ करोड मूल्यको सेयर फालिएको देखिन्छ। 

कसले बेच्यो यति धेरै सख्यामा सेयर ?

श्रोतका अनुसार यसरी सेयर बेच्नेमा ग्लोबल आएएमइ समुन्नत स्किम १ रहेको बुझिएको छ।  स्किमले चालु वर्ष इकाई धनीहरूलाई एक सय प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो।  उक्त स्किमले राम्रो मात्रामा बिहिबार र आइतबार सेयरहरु बेचेको बुझिएको छ। झन्डै  महिना देखि घोषणा गरेको लाभांसको बुक क्लोज नतोक्दा स्किम प्रति अनेकौ अर्ड्कल बाजीहरु सुनिन थालेका थिए। स्किम संग घोषणा गरेको रकम नभएको जस्ता कुरा उठ्न लागेका थिए।  जसले गर्दा नि स्किमले ठुलो मात्रामा आफ्नो होल्दिङ्ग फालेको हुनसक्छ।  

बजारमा माग भन्दा आपूर्ति धेरै भएपछि बजार घट्ने नै हो र आइतबार पनि तेस्तै भयो।  एकाएक नसोचेको सेयरको बेच्ने चाप आउदा साना लगानीकर्तामा झन् प्यानिका देखिएको प्रस्टै देखिन्छ। 

यसरी साना लगानीकर्ता प्यानिक भएर कारोबार गर्दा पूंजी निर्माण गर्ने थलो सेयरबजारमा साना लगानीकर्ताको लागि भने बेला मौकामा घातक हुने गरेको छ। छोटो समयमा मुनाफा कमाउने चक्करमा आफ्नो भएको सम्पति पनि नोक्सानी गर्दै आएको देखिन्छ। 

लगानी गर्दा नै कम्पनीको आधारभूत अध्ययन गरेर लगानी गर्ने र बजार घट्दा नआतिने सोचका साथ बजार प्रवेश गरेमात्र सफल हुने विश्लेषक मनिक बलामी बताउछन्।  बजार घट्दा आतिएर सेयर फाल्नेहरु भने  लगानीकर्ता अम्बिका प्रसाद पौडेलको भनाई फेरी भोलि ठूलाले खाए भनेर रोइलो देख्न नपरे हुन्थ्यो  जस्तै गर्दै बस्नु पर्ने  हुनसक्छ। 



 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको