Like us!
Follow us!
Connect us!
Watch us!

ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छ : प्रधानमन्त्री देउवा

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, १६ : ३८ मा प्रकाशित

ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) स्थापनाको रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा तपाईंको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले लिन्छ भन्नेमा म विश्वास दिलाउन चाहन्छु ।’

खुला बजारमुखी अर्थ नीतिका कारण हासिल भएका उपलब्धि र यसमा देखिएका कमी कम्जोरीको विश्लेषण गरी समृद्धिको बाटो तय गर्नु हाम्रो प्राथमिकता रहेको बताउँदै उनले कोभिड–१९ को महामारी नसकिए पनि क्रमशः सामान्य अवस्थातिर आउँदै गरेको परिस्थितिमा आर्थिक पुनरुत्थानलाई अब तीव्रताका साथ अघि बढाइने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा अब बृहतरुपको दोस्रो चरणको आर्थिक सुधार आवश्यक छ, विगत दुई वर्ष मुलुकको अर्थतन्त्रले निकै अप्ठ्यारो परिस्थिति सामना गर्नु पर्‍यो, अहिले हामी थेरै अँध्यारोमा हौंला तर उज्यालोले हामीलाई पर्खिरहनेछ ।

त्यसैगरी, अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार विकास निर्माणमा राज्य संयन्त्रको काम गर्ने ढाँचा र सार्वजनिक खरीद ऐनलगायत कानूनलाई विकासमैत्री बनाउन आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘नेपालको अर्थतन्त्रमा थुप्रै चुनौती छन्, कोभिड–१९ ले विश्कै अर्थतन्त्रलाई पनि निकै प्रभाव पारेको छ, यस्तो अवस्थामा हामीले पूँजीगत खर्च बढाउने, विकासमा नयाँ प्रविधिको प्रयोग गर्ने र ऐन कानूनलाई समयानुकूल तुल्याउन आवश्यक छ ।’     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको