Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री पुनले गरे विश्व बैंकका उपाध्यक्षलाई निम्तो

अर्थ संसार

शनिबार, १० चैत्र २०८०, १८ : १५ मा प्रकाशित

अर्थमन्त्री पुनले गरे विश्व बैंकका उपाध्यक्षलाई निम्तो

अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई लगानी सम्मेलनमा आमन्त्रण गरेका छन्। आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा आउन पुनले रेजरलाई निमन्त्रणा गरेका हुन्। 

बैंकका उपाध्यक्ष मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनसँग बिहीबार राति भएको भर्चुअल बैठकमा अर्थमन्त्री पुनले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका हुन्।

पुन औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएका हुन्।

रेजरले नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताए। 

तेश्रो लगानी सम्मेलन आगामी वैशाख १६ र १७ गते काठमाडौँमा हुने तय भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको