Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदरको बारेमा छलफल गर्न बैंकर्स एसोसियसनको  बैठक बस्दै

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, ०९ : ४९ मा प्रकाशित

ब्याजदरको बारेमा छलफल गर्न बैंकर्स एसोसियसनको  बैठक बस्दै

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तिय संस्थाहरुको नाममा परिपत्र जारी गरेपछि विविध विषयमा छलफल गर्न नेपाल बैंकर्स एसोसियसनको बैठक बस्दैछ। बैंकर्स एसोसियसनका अध्यक्ष अनिल उपाध्यायका अनुसार शुक्रबार बिहान ९:३० बजे बैठक डाकिएको छ।  

विशेषगरी राष्ट्र बैंकले व्यतिगत निक्षेपमा दिईने ब्याजभन्दा संस्थागत निक्षेपमा दिईने ब्याज २% ले कम हुनुपर्ने सर्कुलर जारी गरेपछि अब कसरी अघि बढ्ने भन्ने तय गर्न बैठक डाकिएको हो।  

एसोसियनका सदस्य तथा नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बैठकमा ब्याजदरका बारेमा पनि छलफल हुने बताए। अहिलेको अवस्थामा ब्याजदर बढाउने कि नबढाउने, बढाए कति बढाउने भन्ने विषयमा छलफल हुने बताउँदै ज्ञवालीले यसअघि ब्याजदर बढाउँदा पनि निक्षेप नबढेको र अहिले पनि ब्याजदर बढाउँदैमा निक्षेप बढ्ने सम्भावना नदेखिएकाले यो विषयमा पनि बैठकमा छलफल हुने बताए। तरलता टाइट नै रहेको अहिलेको अवस्थामा बैंकहरुलाई स्वतन्त्र रुपमा ब्याजदर तय गर्न दिईयो भने ब्याजदर अनियन्त्रित हुन्छ भन्नेमा सबैजना सहमत भएकाले भद्र सहमति नै हुनसक्ने सम्भावना रहेको पनि उनले बताएका छन्। बैंकहरुको कस्ट अफ फन्ड अझै बढ्न सक्ने अवस्थामा निक्षेपमा अझै ब्याजदर बढ्नु कसैका लागि पनि राम्रो नभएको हुँदा ब्याजदरलाई अहिलेकै लेभलमा राख्ने वा केहि मात्रै हेरफेर गर्ने बारेमा छलफल हुने संकेत उनले गरे। 

त्यस्तै एसोसियसनका अध्यक्ष उपाध्यायले पनि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएका छन्। यसअघि जस्तै भद्र सहमति गरेर जाँदा सबैलाई फाईदा हुने भन्दै उनले आफ्नो प्रस्ताब सबै मिलेर जाउँ भन्ने नै हुने बताए।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको