Like us!
Follow us!
Connect us!
Watch us!

विश्व अर्थतन्त्र आर्थिक मन्दीमा जाने डरले शार्प फल आएको भारतीय सेयर बजार फेरी उचाई चुम्दै !

बसन्त पाण्डे

मंगलबार, १७ साउन २०७९, २० : ०६ मा प्रकाशित

विश्व अर्थतन्त्र आर्थिक मन्दीमा जाने डरले शार्प फल आएको भारतीय सेयर बजार फेरी उचाई चुम्दै !

विश्वकै अर्थतन्त्र मन्दीमा जाने डरले छोटो समयमै शार्प फल आएको भारतीय सेयर बजार तिव्र गतिमा बढेको छ। अमेरिकी केन्द्रिय बैंक फेडेरल रिजर्भले अमेरिकामा बढ्दो महंगीलाई नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय लिएपछि रुस र युक्रेनबीच चलिरहेको युद्द तत्काल नसकिने र यसले विश्व अर्थतन्त्रमै थप नकारात्मक असर पार्ने विश्लेषण सहित विदेशी लगानीकर्ताहरुले बिक्रि बढाउँदा भारतीय सेयर बजार निकै घटेको थियो।  १७ जुन २०२२ को दिन ५१,३६० को बिन्दुसम्म झरेको भारतीय सेयर बजार परिसूचक सेन्सेक्स करिब डेढ महिनाको अवधिमा १३% भन्दा धेरैले बढ्दै ५८,१३६ को बिन्दुमा पुगेको हो।  

अमेरिकी डलरको तुलनामा भारतीय रुपये निकै अवमूल्यन भएको तथा महंगी बढेको भन्दै भारतीय केन्द्रिय बैंकले पनि ब्याजदर बढाएको थियो। त्योसंगै थप जटिल परिस्थिति बन्ने अनुमान गरेर सेयर बिक्रि गरेका लगानीकर्ताहरु सोचेजस्तो जटिल परिस्थिति नबन्ने देखिपछि पुन: खरिदतर्फ लाग्दा त्यहाँको सेयर बजारमा फेरी चमक आएको हो। 
पछिल्लो समय अन्तराष्ट्रिय रुपमा कच्चा तेलको मूल्य घट्दै गएको छ। ८ जुन २०२२ का १२२ अमेरिकी डलर प्रति ब्यारेल पुगेको कच्चा तेलको मूल्य अहिले घटेर ९४ डलर प्रतिब्यारेल पुगेको छ। यसरी कच्चा तेलको मूल्य घट्दा अन्तराष्ट्रिय रुपमै बढेको मूल्य वृद्धि नियन्त्रणमा आउन सहयोग पुग्ने विश्लेषण गरिएको छ। त्यस्तै रुस र युक्रेनको युद्धपछि युक्रेनमा उत्पादित अन्न अन्य मुलुकहरुमा निर्यात गर्नमा रुसले अवरोध पुर्याऊँदै आएको थियो जसको प्रभावस्वरुप विश्वभरी नै खानेकुराको मूल्य चर्को रुपमा बढेको थियो। अहिले टर्कीको मध्यस्थतामा युक्रेनमा उत्पादित अनाज अन्य देशमा निर्यात गर्न रुसले अवरोध नगर्ने भएपछी त्यसले पनि महंगीलाइ केहि हदसम्म घटाउन सघाउ पुर्याउने विश्लेषण गरिएको छ।  

पछिल्लो समय विश्वव्यापी रुपमा बन्दै गरेको सकारात्मक माहोलको असर विश्वका सेयर बजारहरुमा देखिन थालेको छ। त्यो क्रममा विश्वमै आर्थिक मन्दी आएतापनि सो मन्दीले भारतलाई नछुने विश्लेषण अर्थशास्त्रीहरुले गरेपछि भारतीय सेयर बजारमा चमक आएको हो।  

62e933c48bdc8.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको