Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न रिलायन्स लाइफले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

आइतबार, १९ मंसिर २०७८, ११ : १३ मा प्रकाशित

लाभांश पारित गर्न रिलायन्स लाइफले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा पाैष ११ गते, आइतबार, अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीकाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको