Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी दुब्लाएजस्तो देखिए पनि आगामी चुनावमा २०६४ कै अवस्थामा फर्कन्छः महरा

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, १४ : ५१ मा प्रकाशित

माओवादी दुब्लाएजस्तो देखिए पनि आगामी चुनावमा २०६४ कै अवस्थामा फर्कन्छः महरा

पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने दाबी गरेका छन् ।

उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलनमा भाग लिन पुगेका उनले अहिले यो दल दुब्लाएजस्तो देखिए पनि आगामी निर्वाचनमा वि.सं २०६४ कै अवस्थामा फर्कने बताए।

अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदिबासी, जनजाति, घले, गुरूङ, सबै क्षेत्रको बृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए।

माओेवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदायमाझ आग्रह पनि गरे। 

टुक्रिएर गएका बाबुराम भटृराई, वैध, विप्लव समेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टै मूलघारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पुर्‍याउने महराले विश्वास व्यक्त गरे। 

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी  माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको