Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा 'ह्यामर': कारोबार रकमको साथ, प्राविधिक रुपमा बजारको अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, १६ : ३९ मा प्रकाशित

नेप्सेमा 'ह्यामर': कारोबार रकमको साथ, प्राविधिक रुपमा बजारको अवस्था कस्तो ?

साताको दोश्रो दिन सोमबार बाजार करीब ३२ अंकले बढ्दै २५४६ मा क्लोज भएको छ । कारोबार रकम पानी हिजोको तुलनामा करीब  ५० करोडले बढेको छ।  बजार उच्च अंकमा बढ्दै गर्दा कारोबार रकम समेत बढ्नुले सकारात्मक संकेत गर्दछ।  

नेप्सेको चार्टमा आज बनेको क्यान्डललाइ प्राविधिक विश्लेषणको भाषामा 'ह्यामर' भन्ने गरिन्छ। बजार सुरुमा निकै घटेर राम्रो खरीद चाप आउँदै बढेर बन्द हुँदा हरियो ह्यामर क्यान्डल बन्ने गर्दछ। विशेषत: केहि समयदेखि निरन्तर घटेको बजारमा राम्रो कारोबार रकम सहित ह्यामर क्यान्डल बन्नूले ट्रेन्ड रिभर्सलको संकेत गर्दछ।  यदि आगामी दिनहरुमा नेप्से २५३० भन्दा माथि  नै बसेको खण्डमा ट्रेन्ड रिभर्सल भई बजारले बढ्दो ट्रेन्डमा जान सक्ने सम्भावना रहन्छ।

आजको बजारबाट के सिक्ने ?

नेपालको बजार भनेको एकतर्फी बजार हो।  अरु देशका सेयर बजार जस्तो सर्ट सेलिंग गर्ने सुबिधा नेप्सेमा छैन।  उदाहरणको लागि ; भारतको सेयर बजारमा बजार घट्दा पनि पैसा कमाउन सकिन्छ।  त्यहाँ यदि कुनै बिन्दुबाट कुनै कम्पनीको सेयर  यहाँबाट घट्छ  जस्तो लाग्यो  भने आफूसँग नभए पनि बेच्न मिल्छ।   नभएको सेयर बेचेर सेटलमेन्ट चाहिँ कसरी हुन्छ त भन्ने प्रश्न तपाइको मनमा उब्जिन सक्छ।  

आफूसँग नभएको सेयर बेच्ने , ब्रोकरसंग सापटी लिएर सेटलमेन्ट गरिदिने र  एउटा निश्चित समय अवधी तोकिएको हुन्छ, त्यों अवधिभित्र बजारबाट सेयर किनेर ब्रोकरसंग सापटी लिएको सेयर  फिर्ता गर्नुपर्ने हुन्छ। त्यसो किसिमको बजारलाई दुइतर्फी बजार भनिन्छ। यस्तो बजारमा के हुन्छ भने बेच्नेहरुले जसरी पनि मूल्य घटाउने प्रयास गर्छन र ठूलो ठूलो कित्ता सेयर सेलमा राखिदिन्छन।  

सर्टसेल गरेर बसेका हरुलाई बजार जति घट्यो त्यति फाइदा हुन्छ किनभने सस्तो मूल्यमा बजारबाट सेयर किनेर ब्रोकरसंग सापटी लिएको सेयर फिर्ता गर्न पाइन्छ।  त्यस्ता बजारहरुमा बुल ग्यांग र बियर ग्यांग नै हुने गर्दछन।  त्यही भएर त्यस्तो दुइतर्फी बजारमा एकदम टाइट स्टपलस गर्नुपर्ने हुन्छ।  नेपालको जस्तो बजारमा घट्दा कमाईदैन सबैले सेयर मूल्य बढ्दा मात्रै कमाउने हो।  त्यसैले यस्तो बजारमा सकेसम्म माथि बेच्ने र बजार घट्दै जांदा किन्ने रणनीति बनाउनु पर्छ।  बजार घटेर तल्लो बिन्दुमा आउदै गर्दा बजार झन घट्छ ानि तल गएर सस्तोमा धेरै किनौला भनेर बेच्न  थालियो भने प्राय: जसो धोका खाइन्छ। अर्को कुरा भनेको बजारमा ठूलो लगानी छिर्ने भनेको नै रिटेलरहरुमा एकदम निराशा छाउँदै गर्दा हो।

बेच्नका लागि हेर्नुपर्ने बिन्दूहरु कुन कुन हुन ?

बजार बढ्दै जाँदा बजार लगालगी ३५०० पुग्छ भन्ने धारणा राख्ने लगानीकर्ताहरु धेरै छन।  बजार लगातार बढिरहने भन्ने हुँदैन।  बजारमा सही समयमा बेच्न जानिएन भने उचित लाभ लिन सकिँदैन।  

आउने दिनहरुमा बजार बढ्दै जाँदा करीब २६३५ को बिन्दु पहिलो रेसिस्टेन्सको बिन्दु हुनेछ ।  यदि बजार २६३५ भन्दा पनि माथि जाने  अवस्था बन्यो भने २७०० तिरको बिन्दु प्रोफिट बुकिंगको लागि उपयुक्त हुन सक्दछ ।

61aded4f386ca.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको