नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै च्याटबोट (ChatBot) सेवा सञ्चालन गरेको छ । समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।
यस च्याटबोट सेवाबाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलैसँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थितिबीना नै सेवा लिन सहज हुन सक्ने कुरामा एनआईबिएल एस क्यापिटल लिमिटेड विश्वस्त रहेको बताएको छ । परिस्कृत सेवा सुविधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।
यस अघि कम्पनीेले विद्युतीय प्रणाली मार्फत एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का ईकाईहरु खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो सेयर दर्ता गर्ने सेवा समेत सुचारु गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस