राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संस्थाकाे मंसिर १९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेश्राे वार्षिक साधारण सभा पाैष १५ गते, बिहीबार संस्थाकाे केन्द्रिय कार्यालय, साँगा, काभ्रेपलाञ्चाेकमा अपरान्ह १ बजेदेखि सुरू हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, गाभ्ने गाभिने (Merger) प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा सञ्चालक समितिलाई राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र अन्य ईजाजतपत्र प्राप्त “घ"वर्गका लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा राष्ट्र उत्थान नवित्त वित्तीय संस्था लिमिटेडले अन्य वित्तीय संस्था प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा उपयुक्त लघुवित्त वित्तीय संस्थाको खोजी गर्न, उपयुक्त लागेको वित्तीय संस्थासंग मर्जर तथा प्राप्ति सम्बन्धी सहमति पत्र (Memorandum of understanding) तयार गरी हस्ताक्षर गर्ने अख्तियारी दिने, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मुल्यांकन (Due Diligence Audit) गर्ने मुल्यांकनकर्ता/सेखापरीक्षक नियुक्त गर्ने अख्तियारी दिने, गाभ्ने/गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा नियमनकारी निकायहरुसँग सहमति लिने अख्तियारी दिने, कुनै लघुवित्त वित्तीय संस्थाको कुनै शाखा वा केन्द्र खरिद/प्राप्ति गर्ने तथा यस संस्थाको कुनै शाखा वा केन्द्र अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई बिकी गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी दिने र गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्यको लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने प्रस्तावहरू सभामा पारित गरिनेछ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्दैछ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस