Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेको सेयर बजारको नालीबेली; बजार आउने दिनमा कस्तो होला ?

बसन्त पाण्डे

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १६ : ५९ मा प्रकाशित

अहिलेको सेयर बजारको नालीबेली; बजार आउने दिनमा कस्तो होला ?

जुनसुकै कुरा पनि अति भएपछी त्यसको विपरित हुन्छ । करिब १ बर्षको अवधिमा १८०% ले बजार बढ्नु अत्याधिक वृद्धि थियो , फलस्वरूप अहिले तिब्र रुपमा बजार घटिरहेको छ ।  

करिब ३/४ महिनाको अवधिमा बजार २५-३०% ले घट्नु पनि अत्यधिक घटाई हो, मतलब बजार तिब्र रुपमा बढ्ने छ।  सेयर बजार घट्दो क्रममा छ । ३२३० भन्दा माथि पुगेको बजार घटेर आज करिब २५०८ को बिन्दुमा बन्द भएको छ ।

सेयर बजार बढ्ने र घट्ने क्रममा केहि आधारभूत पक्षहरुले प्रभाव पारेका हुन्छन । खासगरी नेपालको सेयर बजार बैंकिंग सिस्टममा तरलता बढ्दै गइ निक्षेप र ऋणको व्याजदर सस्तो हुँदै गर्दा बढ्ने र तरलता टाइट हुँदै गइ व्याजदर बढ्दै जाँदा घट्ने क्रममा जाने गर्दछ ।  

अहिलेको बजारमा भएको पनि त्यहि हो।  बैंकिंङ सिस्टममा तरलता संकट बढ्दै जाँदा बैंक वित्तिय संस्थाहरु थप कर्जा दिन सक्ने स्थितिमा छैनन् ।  त्यस्तै बैंकको व्याज पनि बढ्दो क्रममा छ । अन्तिम समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ को क्याप पनि कायमै छ । हुनत बैंकहरु अहिले केहि लाख कर्जा दिन पनि असमर्थ रहेको अवस्थामा १२ करोड त परको कुरा हो ।  

अब बजारले राम्रो गति लिनको लागि बैंकिंग सिस्टममा तरलता सहज भई बैंक तथा वित्तिय संस्थाहरुले सहज रुपमा ऋण दिन सक्ने अवस्था आउनुपर्ने हुन्छ ।  

आउने दिनहरुमा विशेष ध्यान दिनुपर्ने समयहरु  :

१.   मङ्सिर महिना सकिएर पुष लाग्दै गर्दा  विशेषगरि बैंक तथा वित्तिय संस्थाहरुमा एकदमै कम निक्षेप संकलन भएको हुँदा निक्षेप आकर्षित गर्नकै लागि भए पनि व्याजदर बढाउने सम्भावना बढी छ।  व्याजदर बढ्ने कुराले आम लगानीकर्ताको मनोविज्ञानमा राम्रो प्रभाव नपार्ने हुँदा त्यसले   बजार घटाउने सम्भावना देखिन्छ।  

२.   पुष मसान्त ब्याज तिर्ने महिना हो । अघिल्ला वर्षहरुमा पनि पुष मसान्तताका बजार घट्ने गरेको थियो । बैंकको किस्ता र व्याज तिर्नका लागि सेयर बिक्रि गर्ने लगानीकर्ताहरुको संख्या बढ्ने हुँदा पुष मसान्तताका पनि बजार थप घट्ने देखिन्छ ।  

प्राविधिक रुपमा के देखिन्छ ?

यो आलेखमा हामी नेप्सेको १ हप्ते चार्ट प्याटर्नको आधारमा विश्लेषण गर्नेछौं ।  

तलको चार्टमा हेर्नुभयो भने बजार करिब ३१००/३००० को हाराहारीमा रहँदा MACD ले सेल सिग्नल दिएको थियो।  डेड क्रसओभर दिइसकेपछि MACD लाइन र सिग्नल लाइन निरन्तर रुपमा तलतिर गइरहेका छन्।  २४८० बाट बजार बढेर माथि जाँदै गर्दा छोटो छोटो हुँदै गएका हिस्टोग्रामहरु फेरी लामो हुदै गइरहेका छ्न, जसले बजार अझै घटेर जाने संकेत गर्दछ।  अर्को हिसाबले हेर्दा MACD लाइन अहिले -२८ मा छ।  
 लाइन अलिकति तल खसेर मात्रै मच्द ले बाइ सिग्नल दिन सक्ने देखिन्छ।  

फ़िबोनासिले के भन्दैछ ?

बजार करिब १०९६ बाट बढ्दै गइ करिब ३२३० को बिन्दुसम्म पुग्दै गर्दा १०९६ देखि ३२३० को बिन्दुलाई आधार मानेर फ़िबोनासि रिट्रेशमेन्ट लगाएर हेर्दा २४१६ को बिन्दु एउटा महत्वपूर्ण बिन्दु हो।  यदि नेप्से इन्डेक्स  २४१६ को बिन्दुबाट पनि तल जान थाल्यो भने अर्को सपोर्टको बिन्दु भनेको २१६४ हुन आउँछ।  यसको मतलब बजार २१६४ सम्म नै झर्छ भन्ने होइन तर २४१६ देखि २१६४ सम्मको कुनै पनि बिन्दुसम्म बजार आएर त्यहाँबाट चाहिँ बजारको घट्दो क्रम सकिएर बजार बढ्ने क्रमतिर लाग्छ भन्ने हो।  विशेष गरि RSI करिब ३९ को बिन्दुतिर आइसकेको अवस्थामा RSI करिब ३० को नजिक नजिक आएर बजार बढ्न सक्ने र त्यो बढाइ दिर्घकालिन हुनसक्ने सम्भावना एकदम धेरै देखिन्छ।  

लगानीकर्ताले के गर्ने ?

आम लगानीकर्ताको मनोविज्ञान र प्राविधिक रुपमा विश्लेषण गर्दा अब केहि महिना बजार २५०० देखि २२०० को हाराहारीमै घुमिरहने देखिन्छ।  बजार अहिले करिब २५०० को बिन्दुमा हुदै गर्दा अब बजार धेरै नै घट्ने ठाउँ छैन।  प्राविधिक रुपमा हेर्दा स्पष्ट रुपमा अहिले हामी यो डाउन ट्रेन्डको बटमको नजिकै छौं भन्ने देखिन्छ।

- बजारमा नराम्रा समाचारहरु आउंदै गर्दा अलि अलि गरेर सेयर किन्दै जाने ।
- यस्तो बजारमा ट्रेड गर्ने भन्दा पनि अलिक लामो समयलाई आधार बनाएर सेयर किन्ने ।  
-सेयर किन्दा भविष्यमा कुनै खास समाचार आउने सक्ने कम्पनीहरु किन्ने ।
-बजार छोटो समयमै करिब २५-३०% ले खसिसकेपछि ४०-५० % भन्दा धेरैले जहिले पनि बढेको छ ।  
- लगानीकर्ताको सबैभन्दा ठूलो गल्ति के हुन्छ भने बजार घटेपछि अब बढ्दै बढ्दैन भन्ने मनस्थिति बन्छ । अनि बढ्दै जाँदा अब घट्दै घट्दैन भन्ने लाग्छ ।  एउटा कुरा के बुझ्नुपर्यो भने सेयर बजार घट्ने भनेको बढ्नलाइ हो भने बढ्ने भनेको घट्नलाइ हो ।  

तरलता संकट अत्याधिक रुपमा बढिसकेको अवस्था हो।  जुनसुकै कुरा पनि अति भैसकेपछि त्यसको विपरित हुँदै जान्छ । सेयर बजार पनि करिब १ बर्षको अवधिमै करिब १८०% ले बढेको थियो ।  त्यो भनेको अत्याधिक वृद्धि हो । त्यहि भएर अहिले बजार घटिरहेको छ ।   अनि करिब ४/५ महिनाको अवधिमै बजार करिब २५% भन्दा बढीले खस्नु पनि अत्याधिक घट्नु हो । तरलता संकट पनि अत्याधिक बढेको छ र यसको समाधान पनि हुने नै छ ।  सरकाले पुँजीगत खर्च बढाउंदै जाँदा, स्थानिय  निकायहरुको चुनाव हुँदै गर्दा, बैंक वित्तिय संस्थाहरुले सावाँ/ व्याज असुल्दै गर्दा बजारमा तरलता बढ्दै जानेछ ।  जसले बजारमा अर्को नयाँ प्ररिदृश्य निर्माण हुनेछ र बजार बढ्ने माहोल बन्नेछ ।  

61af457c2c353.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको