Like us!
Follow us!
Connect us!
Watch us!

काँग्रेस महाधिवेशन : हरेक छाक मासु–भात, अरू के-के छ मेनुमा ?

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १३ : ११ मा प्रकाशित

काँग्रेस महाधिवेशन : हरेक छाक मासु–भात, अरू के-के छ मेनुमा ?

नेपाली काँग्रेसको १४औँ महाधिवेशन भाेलि (मंसिर २४ गते, शुक्रबार) बाट हुँदैछ । मंसिर २४ गते, शुक्रबार उद्घाटन हुने याे महाधिवेशन मंसिर २८ गते, मंगलबारसम्म प्रत्यक्ष रुपमा चल्नेछ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

 काँग्रेसले खानाका लागि अनुपम फुडल्याण्ड र दियालाे फुडल्याण्डसँग सम्झाैता गरेकाे छ । खाना व्यवस्थापनको जिम्मा पाएका अनुपम फुडल्यान्ड र दियालो फुडल्यान्डले खानाको मेनु तयार पारेका छन् । 

काँग्रेस महाधिवेशनकाे खानाको मेनु यस प्रकारकाे छ :

२४ मंसिर (शुकबार)

डिनर : जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।

२५ मंसिर (शनिबार)

ब्रेकफास्ट : चना, उसिनेको अन्डा, ब्रेड जाम, चिया र कफी ।

लन्च : जिरा राइस, चिकेन करी, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही ।

डिनर : प्लेन राइस, मटन करी, चिकेन रोस्ट, भेज करी, दाल फ्राइ, साग, सलाद, मेथी अचार र दही ।

२६ मंंसिर (आइतबार)

ब्रेकफास्ट : हलुवा, पुरी, तरकारी, चिया र कफी ।

लन्च : भेज पुलाउ, मटन करी, चिकेन फ्राइ, दाल तड्का, भेज कडाइ, मिक्स साग, सलाद, मिक्स अचार र फ्रुट एन्ड कर्ड ।

डिनर : जिरा राइस, चिकेन करी, फिस फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, आँप अचार, स्विट योगर्ट ।

२७ मंसिर (साेमबार)

ब्रेकफास्ट : पराठा, तरकारी, अचार, चिया र कफी ।

लन्च : प्लेन पुलाउ, मटन करी, फिस फ्राइ, मिक्स दाल फ्राइ, मिक्स भेज करी, रायो साग, सलाद, हट पिकल, दही ।

डिनर : जिरा राइस, चिकेन करी, चिकेन रोस्ट, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।

काँग्रेसले महाधिवेशन अवधिभरीका लागि ३६ हजार प्लेट खाना खुवाउनेछ । मंसिर २४ गते महाधिवेशन उद्घाटनको दिन बेलुका ६ हजार जनाका लागि खान खुवाउने गरी सम्झौता गरिएको छ । २५ गते बिहान ४५ सय जनालाई खाजा र ६ हजार जनालाई बिहानको खाना खुवाईनेछ । २५ गते बेलुकाको खाना भने ४ हजार जनालाई मात्रै अर्डर गरिएको छ । यसपछिका दिनमा भने प्रतिनिधि मात्रै भएकाले सोही अनुसार खानाको अर्डर (सम्झौता) गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको