१. १०० प्रतिशत हकप्रदका लागि नारायणी डेभलपमेन्ट बैंकको मूल्य समायोजन, प्रतिकित्ता ४ सय ७८ रूपैयाँ कायम
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकको १०० प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ७८ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ८ सय ५६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकले पुस ७ गतेबाट १ बराबर १ को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
२. नेप्सेमा लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । लक्ष्मी बैंकको ८ प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ७० रूपैयाँ ३७ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य २ सय ९२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्था संस्थाको २० प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय २५ रूपैयाँ ८३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ५१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
३. लाभांश पारित गर्न प्रभु बैंकले डाक्याे साधारण सभा, पाैष ४ गते बुकक्लाेज
प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बीसौँ वार्षिक साधारण सभा पौष १८ गते, बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ४ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष १ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
४. मञ्जुश्री फाइनान्सले गर्याे फाइनान्सहरूमै उच्च लाभांश घोषणा, लगानीकर्तालाई बम्पर बोनस
मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकाे आज मंसिर २४ गते, शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
५. सूर्या लाइफ इन्स्योरेन्सले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे हिजाे मंसिर २३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीकाे तेह्राैँ वार्षिक साधारण सभा पौष १९ गते, साेमबार, हाेटल हैरिसन प्यालेस, विराटनगरमा हुनेछ । सभामा कम्पनीकाे कार्तिक १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ९ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
६. सिभिल बैंकको ऋणपत्र आजदेखी खुल्यो, पौष ९ गतेसम्म आवेदन दिन सकिने
सिभिल बैंक लिमिटेडले आज (मंसिर २४ गते, शुक्रबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । बैंकले १० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नाममा ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । निष्कासन गरिएकाे कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा छिटोमा मंसिर २८ गते र ढिलोमा पौष ९ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिभिल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।
७. लाभांश प्रस्ताव पारित गर्न एनएमबी लघुवित्तले २६ पुसमा बोलायो साधारण सभा
एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २६ पुसमा साधारण सभा बोलाएको छ। लघुवित्तले होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे नवौँ वार्षिक साधारण सभा आह्वान गरेको हो । सभामा लघुवित्तको हाल कायम चुक्ता पुँजीको २१.५० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुनेछ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पाैष ९ गतेदेखि पाैष २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले, पाैष ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
८. सेयर बजारका बादसाह निर्मल प्रधान भन्छन् "नेप्से परिसूचक १२ सयकै विन्दुमा झरेपनि मलाई खासै फरक पर्दैन"
नेपाली सेयर बजारका बादसाहका रूपमा चिनिने लगानीकर्ता निर्मल प्रधानले नेप्से परिसूचक १२ सयकै विन्दुमा झरेपनि आफूलाई खासै फरक नपर्ने बताएका छन् । पुँजी बजारमा देखिएका नितिगत समस्या र निराकरणको रणनिती बनाउने उद्देश्यले आयोजना गरिएको लगानीकर्ताहरूको बृहत् छलफल कार्यक्रममा बोल्दै उनले भने "अहिले बजार कतिले घट्यो कति घट्छ भन्ने कुरा भन्दा पनि बजारको विकासमा सरकार र नियामक कसरी लागिरहेको छ भन्ने हो मलाई त व्यक्तिग रुपमा नेप्से परिसूचक १२०० को विन्दुमा पुगेपनि केही फरक पर्नेवाला छैन र मलाई लाग्छ धेरै साथीहरुलाई पनि नेप्से परिसूचक घट्दैमा खान लाउनकै समस्या पर्नेवाला त छैन त्यसैले अहिलेको यो मुभमेन्टलाई बजार घटाउन वा बढाउनको लागि भएको रुपमा नबुझ्नु होला ।" अहिले आफूहरूले माग गरिरहेको कुरा आफ्नो अधिकार रहेको बताउँदै उनले भने "हामी लगानीकर्ताहरू माग्ने हैन दिने हौँ । हामीले सरकारलाई राजश्व तिरिरहेका छौँ । अहिलेको हाम्रा कुराहरू माग हैन अधिकार हो । यो अधिकार नपाएसम्म हामी निरन्तर लडिरहन्छौँ ।"
९. नियामक निकायहरूसँग वार्ताको बाटो बन्द नगर्न छोटेलाल रौनियारकाे आग्रह
सेयर विश्लेषक एवमं नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले नियामक निकायहरूसँग वार्ताको बाटो बन्द नगर्न लगानीकर्ताहरूलाइ आग्रह गरेका छन् । पुँजी बजारमा देखिएका नितिगत समस्या र निराकरणको रणनिती बनाउने उद्देश्यले आयोजना गरिएको लगानीकर्ताहरूको बृहत् छलफल कार्यक्रममा संघ संगठनबाट हटेर आफ्नो व्यक्तिगत विचार राख्दै उनले बहिष्कारको नीतिभन्दा पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्ने बताएका छन् । बहिष्कारको काम नगरिकन सबैजना मिलेर अगाडि बढ्दा सबै नियामक निकायहरूले सुन्ने उनले बताए । कार्यक्रममा बोल्ने क्रममा उनले लगानीकर्ताहरूको अहिलेको आन्दोलनमा आफ्नो पनि साथ र समर्थन रहेको बताएका छन् । आफ्नो शरिरमा सास भएसम्म आफू लगानीकर्ता साथीहरूका लागि पछि नहट्ने उनी बताउँछन् ।
१०. एक सयले घट्याे सुनकाे भाउ, १५ रूपैयाँले घट्याे चाँदी
शुक्रबार सुनकाे मूल्य ताेलामा एक सय रूपैयाँले घटेर प्रतिताेला ९२ हजार २ सय रुपैयाँ कायम भएकाे छ । शुक्रबार चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले घटेर प्रतिताेला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस