Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डका स्वकिय सचिव मल्लले भने हामी आँफै पूँजीबजारमा संलग्न छौँ कसरी बजार विरोधी भयौँ ?

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, १३ : २२ मा प्रकाशित

प्रचण्डका स्वकिय सचिव मल्लले भने हामी आँफै पूँजीबजारमा संलग्न छौँ कसरी बजार विरोधी भयौँ  ?

नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष्य पुष्पकमल दाहाल 'प्रचण्डका' स्वकीय सचिव रमेश मल्लले माओवादी पुँजीबजार विरोधी भनेर फैलिएको हल्ला निराधार भएको बताएका छन् । अर्थसंसार सँग कुरा गर्दै मल्लले भने , ' हामी आफै सेयर कारोबारमा संलग्न छौँ, अनि कसरि हामी सेयर बजार विराेधी हुन सक्छौँ ? ' 

हिजो प्रचण्डले एउटा सार्वजनिक सम्मेलनमा पुँजीबादी विस्तारवाद र वित्तिय एकाधिकारको कुरामा विश्वस्तरमै  पुँजीबजारमा लगानी बढिरहेको र पहिले पहिले पुँजी उत्पादनमा, उद्योगमा लगानी हुनेमा अहिले पुँजीमै पुँजी लगानी भैरहेको र त्यो राम्रो कुरा नभएको   उल्लेख गरेका थिए र त्यसको जनस्तरबाट व्यापक विरोध पनि भैरहेको छ।  यहि प्रसंगमा अध्यक्षको कुरा त पुँजी बजारप्रति त्यति राम्रो आएन नि भन्ने हाम्रो प्रश्नको जवाफ दिंदै उनले भने, 'बुझाई गलत भएको हो।  अध्यक्षज्यू ले नेपालको पुँजीबजारको बारेमा त कुरै गर्नु भएको छैन नि।  फेरी अहिले नेपालको सेयर बजारमा धेरै साना लगानीकर्ताहरु संलग्न भएको अवस्थामा सेयर बजारको विकास र स्थायित्वको लागि उहाँ सधै प्रतिवद्ध हुनुहुन्छ। ' 

'प्रचण्डले धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिको प्रकृया छिटो सम्पन्न गर्न अर्थमन्त्रीलाई निर्देशन दिइसक्नुभएको छ।  यदि कुनै नीतिगत व्यवस्था गर्नुपर्ने भए पनि गरिहाल्न उहाँले निर्देशन दिनुभएको छ।  ' उनले भने।  

तपाईंको मिडिया मार्फत माओवादी अध्यक्ष सेयरबजारको संरक्षण र स्थायित्वको लागि प्रतिवद्ध हुनुहुन्छ भन्ने कुरा आम लगानीकर्तामा सम्प्रेषण गर्न चाहन्छु। राम्रा कम्पनीमा ढुक्कले लगानी गर्न पनि सबैलाई आह्वान गर्न चाहन्छु।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको