Like us!
Follow us!
Connect us!
Watch us!

बजाजको नयाँ शोरुम अब गुलरियामा

अर्थ संसार

विहीबार, ०१ पुस २०७८, १५ : ५० मा प्रकाशित

बजाजको नयाँ शोरुम अब गुलरियामा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले गुलरिया, बर्दियामा सम्पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड” को उद्घाटन गरेको छ ।

नेपालमा अधिक ब्रिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम सञ्चालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदिप जोशीलाई डिलरसीप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैंँ प्रतिवद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, “हामी गुलरियामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । हामीले आशा गरेका छौँ कि यो नयाँ शोरुम विस्तारसँगै यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन् ।”
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको