Like us!
Follow us!
Connect us!
Watch us!

साताको अन्तिम दिन कस्तो देखियो नेप्से, अर्को साता बजारको यात्रा कस्तो रहला ?

बसन्त पाण्डे

विहीबार, ०१ पुस २०७८, १६ : १९ मा प्रकाशित

साताको अन्तिम दिन कस्तो देखियो नेप्से, अर्को साता बजारको यात्रा कस्तो रहला ?

साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक करिब ३७ अंकले घटेर २३७६ को बिन्दुमा क्लोज भयो। अर्थमन्त्रीले सेयर बजारप्रति आफु सकारात्मक रहेको अभिव्यक्ति दिँदै गर्दा, बैंक तथा वित्तिय संस्थाहरुले पुष महिनामा व्याजदर नबढाई पुरानै व्याजदर कायम गर्दै गर्दा र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  सेयर बजारप्रति आफु सकारात्मक रहेको र आफ्नो पार्टी लगानीकर्ताको हकहितको पक्षमा रहेको वक्तब्य निकाल्दै गर्दा बजार बढ्ने आम लगानीकर्ताको अपेक्षा विपरित आज नेप्से परिसूचक घटेको छ।  

प्राविधिक रुपमा के देखियो ? 

आज बजार उच्च अंकले घटे तापनि निकै कम कारोबार भयो। हिजो ४ अर्ब भन्दा माथिको कारोबार हुँदै गर्दा आज कारोबार रकम   करिब २ अर्ब ३० करोडमा खुम्चियो।  भोलुम प्रोस्पेक्टिभबाट बजारलाई हेर्दा अन्तिम ३० मिनेटको समयमा नेप्से इन्डेक्स घट्दै गर्दा भोलुम पनि धेरै आएको छ। यसको अर्थ आगामी दिनमा सेयरमूल्य अझै केहि घटेर जान सक्ने सम्भावना रहन्छ।  

हामीले हिजोको पोस्टमा नेप्से इन्डेक्स २४०० भन्दा तल झरेमा अझै बजार तल खस्न सक्ने र बढ्दै जाँदा २५०० को बिन्दुलाई रेरिस्टेन्स बनाउन सक्ने विश्लेषण गरेका थियौ।  आज बजार २४०० भन्दा तल क्लोज हुँदै गर्दा लगानीकर्ताहरु थप होसियार बन्नुपर्ने अवस्थाको सिर्जना भएको छ।  
MACD इण्डिकेटरलाइ हेर्दा नेगेटिभ हिस्टोग्राम क्रमश: घट्दै गएको छ।  त्यसले बजारमा सेलिङ्ग प्रेसर कम हुँदै गएको भन्ने बुझिन्छ।  
यदि बजार घट्दै जान्छ भने बजारको यात्रा करिब २२०० को हाराहारीको हुन सक्ने सम्भावना रहन्छ भने बढ्दै जाँदा २५०० को बिन्दु रेसिस्टेन्सको रुपमा रहने सम्भावना रहन्छ।

61bb16b2798d3.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको