Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले बढाएर गर्यो लाभांश घोषणा, बाेनस कति ?

अर्थ संसार

शुक्रबार, ०२ पुस २०७८, १० : १२ मा प्रकाशित

कृषि विकास बैंकले बढाएर गर्यो लाभांश घोषणा, बाेनस कति ?

कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको हिजाे (पाैष १ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

गत आर्थिक वर्ष २०७६/७७ मा बैंकले १५ प्रतिशत बाेनस र ०.७८९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । 

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

61bc12cbe5c78.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको