Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीले पाए हकप्रद निकाल्न सेबोनबाट स्वीकृति, ५ कम्पनीको लाभांश घोषणा + अरु आर्थिक समाचार

अर्थ संसार

शनिबार, ०३ पुस २०७८, ०९ : ३८ मा प्रकाशित

हिजाे (पाैष २ गते, शुक्रबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू यस प्रकारका छन् :

१. कृषि विकास बैंकले बढाएर गर्यो लाभांश घोषणा, २० प्रतिशत बोनस दिने

कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  । बैंकको पाैष १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । गत आर्थिक वर्ष २०७६/७७ मा बैंकले १५ प्रतिशत बाेनस र ०.७८९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।  उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. समृद्धि फाइनान्सले ताेक्याे बुकक्लाेज मिति, पाैष ८ गतेसम्म कायम हुनेले हकप्रद भर्न पाउने

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बुकक्लाेज मिति ताेकेकाे छ । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि पाैष ११ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । फाइनान्सले १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको  २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्न मंसिर २९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ। 

३. सेञ्चुरी कमर्सियल बैंकले गर्यो लाभांश घोषणा, लगानीकर्तालाई ५.७५ प्रतिशत बोनस 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  । बैंकको पाैष २ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

४. समीट लघुवित्तले डाक्याे साधारण सभा, लाभांश वितरणसँगै एफपीओ निष्कासन गर्ने मुख्य एजेन्डा

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे पाैष १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेर्हाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, आँबुखैरेनी रेष्टुरेन्ट एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५.२८५३१६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा मर्जर तथा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग ७ लाख ५१ हजार ७ सय १२ कित्ता सेयर एफपीओको रूपमा जारी गर्ने प्रस्ताव पनि पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

५. पाेखरा फाइनान्सले गर्याे लाभांश घोषणा, ८.०७५ प्रतिशत बोनस दिने

पाेखरा फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीकाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.४२५ प्रतिशत नगद गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

६. थप २ कम्पनीले पाए हकप्रद निष्कासन गर्न बाेर्डबाट अनुमति

थप २ वटा कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले  हकप्रद सेयर निष्कासन गर्न सेबाेनबाट अनुमति पाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको थियाे । बाेर्डले पाैष १ गते अनुमति प्रदान गरेकाे हाे । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेकाे हाे । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै वैशाख १५ गते बोर्डमा निवेदन दिएको थियाे । बाेर्डले पाैष १ गते अनुमति प्रदान गरेकाे हाे । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

७. नेपाल हाइड्रो डेभलपर्सकाे लाभांश घट्याे, लगानीकर्तालाई ७ प्रतिशत बोनस

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश अघिल्लाे वर्षकाे तुलनामा घटेकाे हाे । आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ । 

८. लाभांश पारित गर्न विजय लघुवित्तले डाक्याे साधारण सभा, पाैष १२ गते बुकक्लाेज

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे पाैष १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, गैँडाकाेट रिसाेर्ट, नवलपरासीमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे कार्तिक २९ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १२ गते, साेमबारदेखि पाैष २४ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

९. प्राेग्रेशिभ फाइनान्सकाे लाभांश घोषणा, ७ प्रतिशत बोनस दिने

प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीकाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

१०. विश्लेषक बस्याल भन्छन्, "सेयर बजारले सबैलाई ठूलो सरप्राइज दिनेवाला छ"

चर्चित प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले सेयर  बजारले आउने दिनहरुमा सबैलाई ठूलो 'सरप्राइज' दिने बताएका छन् । अर्थसंसारकाे साप्ताहित कार्यक्रम अर्थसंसार टकमा बोल्दै उनले भने  'बजारले सरप्राइज दिनेवाला छ र त्यो सरप्राइज एकदम पोजिटिभ हुनेछ । ' नेप्सेमा यसअघि आएका उतार चढावहरुको उदाहरण दिँदै उनले अहिलेको गिरावटलाई आफूले बुल मार्केट भित्रको एउटा ठूलो करेक्सनको रुपमा लिएको बताएका छन् ।  

११. शुक्रबार एकैदिन ताेलामा एक हजारले बढ्याे सुनकाे भाउ, १५ रुपैयाँले बढ्याे चाँदी

शुक्रबार एकैदिन सुनकाे मूल्य ताेलामा एक हजार रूपैयाँले बढेर प्रतिताेला ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीकाे चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ५० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको