Like us!
Follow us!
Connect us!
Watch us!

हिलटप जुनार र रानीपोखरी सहकारीबीच एकिकरण, नयाँ नेतृत्व चयन

अर्थ संसार

आइतबार, ०४ पुस २०७८, १० : ४२ मा प्रकाशित

हिलटप जुनार र रानीपोखरी सहकारीबीच एकिकरण, नयाँ नेतृत्व चयन

काठमाडौँको तीनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था र भोटाहिटीस्थित रानिपोखरी बचत तथा ऋण सहकारी संस्थाबीचको एकिकरण भएको छ । दुवै सहकारी संस्थाका सेयर सदस्यहरुको उपस्थितीमा शनिबार राजधानीमा भएको सम्पन्न संयुक्त साधारण सभाबाट एकिकरण प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । 

दुई संस्था एकिकरणपछी हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाकै नामबाट सदस्यहरुले कारोबार गर्न पाउनेछन् । रानिपोखरी वचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज हुनेछ । संस्था संचालनका लागि विनियम, आन्तरिक नीति तथा कार्यविधिहरु हिलटप जुनारकै लागू हुने प्रबन्ध संचालक सुमन थापाले बताए । रानीपोखरी वचत तथा ऋण सहकारी संस्थाको भोटाहिटीस्थित कार्यालय हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य सेवा केन्द्रको रुपमा संचालन हुनेछ ।सहकारी संस्थाले ग्रामिण क्षेत्रका सदस्यहरुलाई कृषि उत्पादनमा जोड्दै सहकारीका मुल्य, मान्यता तथा सिद्धान्त बमोजिम सदस्यहरुको आर्थिक तथा सामाजिक विकासका कार्यक्रमहरु अघि बढाउने योजना समेत सार्वजनिक गरेको छ । संस्थाको कार्यक्षेत्र फराकिलो भएको छ । अब सिन्धुली जिल्लामा समेत सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको छ ।

दुई संस्था एकिकरण पश्चात सहकारी संस्थाको सदस्य संख्या २९१० जना पुगेको छ । संस्थामा संलग्न सदस्यहरुको कुल शेयर पुँजी ४ करोड ९५ लाख पुगेको छ । संस्थामा सदस्यहरुले गरेको वचत रकम रु.२६ करोड १६ लाख, जगेडा कोष ३ करोड ३९ हजार सहित रु.४९ करोड ३६ लाख संस्थाको कुल सम्पती पुगेको छ । उक्त सम्पती मध्ये ४० करोड ,११ लाख रुपैयाँ सदस्यहरुलाई ऋणको रुपमा परिचालन गरिएको कुरा संस्थाका प्रबन्ध संचालक थापाले प्रस्तुत गर्नुभएको वित्तिय प्रतिवेदनमा उल्लेख छ ।

हिजै संस्थाले आगामी चार वर्षको लागि वासुदेव घिमिरेको अध्यक्षतामा उपाध्यक्ष देवी खड्का, सचिव सागरप्रसाद बख्रेल, कोषाध्यक्षमा अर्जुन कार्की तथा सदस्यहरुमा सुमनविक्रम थापा, किरण मोक्तान, विष्णुबहादुर राउत, ऋषिराम गर्तौला र द्वारिकाप्रसाद खतिवडा निर्वाचित भएका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा डा. केशवप्रसाद श्रेष्ठको संयोजकत्वमा अंगबहादुर खड्का र नविनकुमार तंडुकार निर्वाचित भएका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको