Like us!
Follow us!
Connect us!
Watch us!

दुई थप कम्पनीको लाभांस घोषणा, हरेक दिन सरकारलाई 'एक प्रश्न' अभियानमा लगानीकर्ता (भिडियो सहित)

अर्थ संसार

आइतबार, ०४ पुस २०७८, २२ : २४ मा प्रकाशित

आज (पाैष ४ गते, आइतबार) दिनभरका आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् : 

१. रिलायन्स फाइनान्सले गर्याे लाभांश घाेषणा, १५ प्रतिशत बोनस दिने

रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीकाे पाैष २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. नेप्सेमा २ वाणिज्य बैंकसहित ३ कम्पनीको सेयरमूल्य समायोजन

नेप्सेमा आइतबार २ वाणिज्य बैंकसहित ३ कम्पनीहरुको सेयर मूल्य समायोजन भएको छ । सनराईज बैंक, मनकामना स्मार्ट लघुवित्त र प्रभु बैंककाे सेयरमूल्य समायोजन भएको हो । सनराईज बैंकको ६.६५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ५४ रूपैयाँ १० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य २ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । यस्तै, प्रभु बैंकको १२ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ९४ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ३ सय ३० रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । त्यसैगरी, मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ५ सय ६० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

३. एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, ५ प्रतिशत बोनस दिने

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे पाैष २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । कम्पनीले नवाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार हुनेछ । कम्पनीले पाैष १५ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष १४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४. लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले डाक्याे साधारण सभा,  पाैष १३ गते बुकक्लाेज

महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे पाैष २ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे बीसाैँ वार्षिक साधारण सभा पाैष २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १३ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

५. 'नो भोट' अभियान पछि हरेक दिन सरकारलाई 'एक प्रश्न' अभियानमा लगानीकर्ता

सामाजिक सञ्जालमा केही समय अघिदेखि पूँजीबजार विरोधी नेताहरु र तिनका दललाई नो भोट अभियान चलाएका लगानीकर्ताहरुले अब फेरी सरकारलाई दवावस्वरुप हरेक दिन एक प्रश्न अभियान सञ्चालन गर्ने भएका छन् । सरकारको र नियामकहरुको विरोध रचनात्मक ढंगले गर्नुपर्छ भन्ने मनशायले यो अभियान सञ्चालन गरिएकाे अभियानका अभियन्ता रोहन कार्कीले बताएका छन् । 

६. एनसीसी बैंकले डाक्याे साधारण सभा, लाभांश वितरण मुख्य एजेन्डा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे पाैष २ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे चाैबीसाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार हाेटल हार्दिक, बागबजार, काठमाडाैँबाट भर्चुअल माध्यममार्फत् बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको मंसिर १४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १२ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

७. बोटलर्स नेपाल (तराई) ले डाक्यो साधारण सभा, लगानीकर्ताको हात खाली

बोटलर्स नेपाल (तराई) लिमिटेडले वार्षिक साधारण सभा आह्वान  गरेकाे छ । कम्पनीकाे मंसिर १४ गते, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ३५ औँ वार्षिक साधारण सभा पुस २८ गते, होटल -याडिसन, लाजिम्पाट काठमांडौमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । साधारण सभा प्रयाेजनका लागि कम्पनीले पुस २१ गतेदेखि पुस २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पुस २० गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

८. निर्धन उत्थान लघुवित्तको साधारण सभा पुस २५ गते, ३१.०५ प्रतिशत लाभांश पारित हुँदै

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले पुस २५ गते २३ औं साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो बजे शुरु हुनेछ । सभामा संस्थाको मंसिर ९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्मका कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

९. छाेटेलाल रौनियार भन्छन्, "नेप्सेको करेक्सन अस्वभाविक, यो लगानी गर्नेहरुलाई उत्तम बेला हो"

नेपाल इन्भेष्टरर्स फोरमका निवर्तमान अध्यक्ष एवं सेयर विश्लेषक छाेटेलाल रौनियारले नेप्सेमा अहिले देखिएको गिरावट अस्भाविक भएको बताएका छन् । अर्थसंसार डटकमको कार्यक्रम अर्थसंसार विशेषमा कुराकानी गर्दै रौनियारले सेयर बजारका बारेमा केहि पनि ज्ञान नभएका र सेयर बजारको प्रकृति समेत नबुझेका व्यक्तिहरुले बजारका बारेमा जथाभावी बोल्दा बजारमा अस्वभाविक करेक्सन देखिएकाे बताएका हुन् । अहिले सेयर बजारमा लगानी गर्नेहरुलाई उत्तम बेला रहेकाे उनले बताएका छन् । 

१०. ४ सयले घट्याे सुनकाे भाउ, ५ रूपैयाँले घट्याे चाँदी

आइतबार सुनको मूल्य ताेलामा ४ सय रूपैयाँले घटेर प्रतिताेला ९३ हजार ६ सय रूपैयाँ कायम भएकाे छ । आज चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ४५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

भिडियाे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको